दसैँ बजारमा तीन करोडको कारोबार | Khabarhub Khabarhub

दसैँ बजारमा तीन करोडको कारोबार


२८ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर – दसैँका अवसरमा जनकपुरधामस्थित गोपाल धर्मशाला परिसरमा आयोजित सस्ता बजारमा यस वर्ष तीन करोडको कारोबार भएको छ ।

गत वर्ष करिब सात-आठ करोडको कारोबार भएको बजारमा यसवर्ष व्यापार घटेको जनकपुरधाम उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष जितेन्द्र महासेठले बताए। सङ्घका वरिष्ठ उपाध्यक्ष मनोज साहकाअनुसार यस वर्ष सस्ता बजारको व्यापारमा गिरावट आएको छ । 

करिब १० वर्षदेखि स्टल राख्दै आएका शुलभ किचेन सेन्टरका सञ्चालक गङ्गाराम साहले यो वर्ष ५० प्रतिशत पनि व्यापार नभएको र खर्चसमेत नउठेको गुनासो गरे ।

करिब २० वर्षदेखि स्टल राखेर व्यापार गर्दै आएका ६० वर्षीय बलराम साहले भने, ‘यसपालि स्टाफ खर्च पनि उठेन र योभन्दा राम्रो व्यापार हाम्रो काउन्टरमै थियो ।’ 

उनले बजारको व्यवस्थापनमा कमजोरी रहेको गुनासो गरे। दैनिक उपभोग्य वस्तु बिक्रीवितरण हुने सस्ता बजार जनकपुर–दसैँ मेलाको मुख्य आकर्षण हो । यो मेलामा मुख्यतया साबुन, सर्फ, अगरबत्ती, चियापत्ती, चाउचाउ, भुजिया, प्लास्टिकका भाँडावर्तन, जुत्ताचप्पल र लत्ताकपडा किन्ने ग्राहकको घुइँचो लाग्ने गर्छ ।

घटस्थापनादेखि दशमीसम्म बजार सञ्चालन गरिए पनि मुख्य आकर्षण पञ्चमीदेखि अष्टमीसम्म रहने गरेको सङ्घकी महिला उपाध्यक्ष रिङ्कु शाहले बताए। जनकपुर उद्योग वाणिज्य सङ्घको पहलमा विगत ४८ वर्षदेखि जनकपुरमा दसैँ बजार लाग्दै आएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८१, सोमबार  ४ : ४४ बजे

काठमाडौं र ओखलढुंगाबाट आठ लाख बढीको धनमाल चोरी

काठमाडौं‍– काठमाडौंको टोखा नगरपालिका-४ धापासी डेरा गरी बस्ने गोरखा आरूघाट गाउँपालिका-५ घर

विष्णु पौडेलको गुनासो- कुनै बेला एमालेले सिट्ठी फुकेको भरमा हजारौँ मानिस सडकमा आउँथे, अहिले देखिनै छाडे

काठमाडौं- नेकपा एमलेका उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले

मोदी-ट्रम्प फोनवार्ता : अपरेशन ‘सिन्दूर’देखि इजरायल-इरान युद्धबारे कुराकानी

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच

इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘बिना शर्त आत्मसमर्पण’ गर्न

हेटौंडाबाट पाँच जना जुवाडे पक्राउ

मकवानपुर– हेटौंडा उपमहानगरपालिका-१६ गौरीटार रंगाशाला बस्ने दामोदर चौलागाईंको गोठमा जुवातास खेलिरहेको