भारत र क्यानडाबीच तनाव बढ्दै « Khabarhub

भारत र क्यानडाबीच तनाव बढ्दै


२८ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले क्यानडासँगको सम्बन्धमा तनावका बीच आफ्ना राजदुत सञ्जय कुमार वर्मालाई फिर्ता बोलाएको छ ।

ट्रुडो सरकारले आफ्ना राजदुतमाथि छानबिन गर्ने पत्र पठाएपछि भारतले राजदुत बर्मालाई फिर्ता बोलाएको हो । भारतले क्यानडाले निशाना बनाएका राजदुत बर्मासहित अन्य उच्च कूटनीतिज्ञहरुलाई पनि फिर्ता बोलाएको छ ।

क्यानडाले राजदुत बर्मामाथिको मुद्दाबारे जानकारी नआए पनि निज्जरको हत्यासँग जोडिएको बताइएको छ । यसबारे भारतले आज क्यानडाका राजदूतलाई फिता बोलाएको छ ।

विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा क्यानडा सरकारमाथि विश्वास नगर्ने बताउदै राजदुतमाथि क्यानडाको आरोपलाई राजनीतिबाट प्रेरित भएको बताएको छ ।

विदेश मन्त्रालयले भारत सरकारले यी आरोपहरूलाई पूर्ण रूपमा अस्वीकार गर्दै यी आरोपहरु ट्रुडो सरकारको राजनीतिक एजेन्डा भएको र भोट बैंकबाट प्रेरित रहेको बताएको छ ।

विदेश मन्त्रालयले क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सेप्टेम्बर २०२३ मा केही आरोप लगाएका थिए तर, क्यानडा सरकारले पटकपटक सोध्दा पनि भारत सरकारसँग एउटा प्रमाण पनि नदिएको र नयाँ आरोप पनि यस्तै ढंगले लगाइएको बताएको छ ।

जुन १८, २०२३ को साँझ क्यानडाको सरे सहरको गुरुद्वाराबाट निस्कने क्रममा हरदिप सिंह निज्जरको गोली हानी हत्या गरिएको थियो । गत वर्ष सेप्टेम्बर १८ मा क्यानडाका प्रधानमन्त्री ट्रुडोले निज्जरको हत्यामा भारत सरकारको संलग्नता रहेको आरोप लगाएका थिए जसलाई भारतले अस्वीकार गरेको थियो ।

त्यसपछि निज्जर हत्याका तीन अभियुक्त पक्राउ परेका थिए । आरोपित तीनै जना भारतीय नागरिक हुन् ।

प्रकाशित मिति : २८ आश्विन २०८१, सोमबार  ८ : ४४ बजे

मधेस प्रदेशलाई ‘उत्पादन, उद्योग र पूर्वाधारको केन्द्र’ बनाइने

धनुषा – सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मधेस प्रदेशलाई

बजेटमा कोशी : भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता, निजी क्षेत्र पनि उत्साहित

विराटनगर – आगामी आर्थिक वर्षको बजेटमा कोशी प्रदेशलाई विशेष प्राथमिकता

स्वास्थ्यमा बजेट बढ्यो, तर हिस्सेदारी घट्यो : यी हुन् प्राथमिकतामा परेका २५ बुँदा

काठमाडौं – सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि स्वास्थ्य तथा

बजेटमा सुदूरपश्चिम : पर्यटकीय विकासदेखि एमबीबीएस पढाइसम्म

महेन्द्रनगर – सरकारले आगामी आर्थिक वर्षदेखि सुदूरपश्चिममा विशिष्ट पर्यटकीय विकास

वैभवको विस्फोटक ब्याटिङमा राजस्थानले गुजरातलाई दियो २१५ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ क्वालिफायर–२ अन्तर्गत आज भएको