सीमामा हुने अपराध नियन्त्रण गर्न नेपाल र चीनबीच वार्ता « Khabarhub

सीमामा हुने अपराध नियन्त्रण गर्न नेपाल र चीनबीच वार्ता


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला- नेपाल-चीनबीच सीमाक्षेत्रमा हुने अपराध नियन्त्रण गर्नका लागि दुवै देशका सुरक्षा अधिकारीबीचको वार्ता बिनानिष्कर्ष टुङ्गिएको छ । चीनको बुराङ काउण्टीको ताक्लाकोटमा सीमा सुरक्षा वार्ताका लागि नेपाली टोली प्रमुख जिल्ला अधिकारी विनिता भटराईको संयोजकत्वमा गएको थियो ।

प्रमुख जिल्ला अधिकारी भट्टराईले ठोस निर्णय नभएकाले चीनको माथिल्लो निकायबाट र नेपाल सरकारबाट लिखितरूपमा निर्णय गर्ने अधिकारी नआएपछि लिखित वार्ता नभएको बताइन । वार्ताका लागि चिनियाँ पक्षले सिमानासँग जोडिएका नाकामा तिब्ब्तीहरुको आवतजावतमा कडाइका साथ जाँच गर्ने, अनधिकृत प्रवेशमा रोक लगाउने, चीनविरोधी गतिविधिमा संलग्नलाई निगरानी गर्नेलगायतका विषयमा छलफल भएको वार्ताटोली संयोजक प्रजिअ भट्टराईले बताइन ।

नेपाल सरकार गृह मन्त्रालयले सीमा सुरक्षा वार्तामा कुनै सम्झौतामा हस्ताक्षर नगर्ने र अनौपचारिक कार्यक्रममा सहभागी हुने भनी आदेश दिएकाले वार्तामा चिनियाँ पक्षले ल्याएको एजेण्डामा प्रजिअले हस्ताक्षेर नगरेपछि वार्ता बिनानिष्कर्ष टुङ्गिएको प्रजिअ भट्टराईले जानकारी दिइन ।

चिनियाँ पक्षले तिब्बती नागरिक नेपाल हुँदै बिनाप्रवेशाज्ञा भारत जान रोक लगाउनुपर्ने, सीमामा हुने अनैतिक कार्य बन्द गर्नुपर्ने, मानिस आवतजावत गर्ने नाकामा संयुक्त सुरक्षा पोष्ट बनाई आवतजावतमा कडाइ गर्नुपर्ने, हिल्सा नाकाबाट हुने सुन तस्करी बन्द हुनुपर्ने, अवैधरूपमा हुने हातहतियार तथा मानव तस्करी र विभिन्न खाले सामानको ओसारपोसारमा रोक लगाउनुपर्ने भन्ने एजेण्डा अघि सारेको थियो ।

चीन सरकारका यी एजेण्डामा नेपालको तर्फबाट प्रमुख जिल्ला अधिकारी भट्टराईले हस्ताक्षर नगरेपछि वार्ता बिनानिष्कर्ष टुङ्गिएको हो । विगतका वर्षमा वार्ता टोलीलाई वार्ता सकिएपछि मानसरोवर कैलाश घुमाएर नेपाल पठाउने गरिएको भए पनि यसपटकको वार्ता असफल भएपछि वार्ता टोलीलाई मानसरोवर कैलाश जान नदिएर ताक्लाकोट नै फिर्ता पठाएको छ ।

वार्ता भएपछि केही समस्या समाधान होला भनेर सोचेका हुम्लीवासी सीमा सुरक्षा वार्ता असफल भएपछि निराश भएका छन् । सीमा वार्ताको बैठक चिनियाँ सीमा प्रहरीचौकी सेरामा बसेको थियो । हुम्ला जिल्लाको प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराई र चिनियाँ पक्षको पुराङ्ग काउण्टीका सिडिओ किउसीले नेतृत्व गरेका थिए।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ९ : १२ बजे

सिँचाइ विकाससँगै कृषि उत्पादन र रोजगारी विस्तारमा मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा– पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा बढीको

‘गरिमालाई न्याय हरेक छोरीको सुरक्षा हो’

न्यायको प्रक्रिया नबिगारौँ, विधि र संविधानभित्रै बसेर गरिमाहरूलाई न्याय दिऔँ

अस्ट्रेलियामा स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको पहिलो सङ्क्रमण पुष्टि

मेलबर्न– अस्ट्रेलियामा पहिलोपटक स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको सङ्क्रमण पुष्टि

टोकियो क्षेत्रमा भूकम्पको धक्का, ३७ जना घाइते

टोकियो– जापानको पूर्वी क्षेत्रमा आइतबार बिहान पाँच दशमलव नौ म्याग्निच्युडको