अल्सरको उपचार नगरे क्यान्सरको जोखिम | Khabarhub Khabarhub

अल्सरको उपचार नगरे क्यान्सरको जोखिम

ग्याष्ट्रिक हुँदा लापरवाही नगरौँ अल्सर हुनसक्छ


२९ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

ग्याष्ट्रिक आम नेपालीको समस्याको रुपमा परिचित छ। पहिले-पहिले बढ्दो उमेरमा देखिने ग्यास्ट्रिक हिजोआज अस्वस्थकर खानपान र जीवनशैलीले जुनसुकै उमेर समूहका मानिसमा पनि देखिन थालेको चिकित्सक बताउँछन्।सामान्यतया आमाशयमा कुनै किसिमको समस्याले उत्पन्न गर्ने लक्षणलाई ग्याष्ट्रिक भनिन्छ। ती लक्षण सामान्यदेखि जटिल हुन्छन्। पेट ढाडिने, फुल्ने, धेरै ढ्याउ आउने जस्ता लक्षण सामान्य हुन्। कसैलाई अल्सरका लक्षण पनि देखिन सक्छन्। अल्सर कस्तो रोग हो ? यो के कारणले हुन्छ ? नेपालमा अल्सरका बिरामीहरुको अवस्था के छ ? अल्सर हुनबाट बच्न के गर्ने ? यिनै विषयमा विराट नर्सिङ होम विराटनगरमा कार्यरत ग्याष्ट्रोइन्ट्रोलोजिष्ट डा. पवन पराजुलीसँग गरिएको कुराकानी :

अल्सर कस्तो रोग हो ?
सामान्य भाषामा बुझ्दा अल्सर भनेको घाउ हो। पेट अथवा सानो आन्द्राको सुरुको भागमा घाउ हुनुलाई अल्सर भएको भनिन्छ।

यो के कारणले हुन्छ ?
हाम्रो शरीरमा अल्सर गराउने र यसबाट जोगाउने फ्याक्टर हुन्छन्। पेटका जति पनि रक्षात्मक प्रणालीहरु छन् तिनिहरुले अल्सर हुनबाट जोगाउँछन्। हाम्रो खानपानबाट पेटको सन्तुलन बिग्रिन्छ र अल्सर हुन्छ। हेलिकोब्याक्टर पाइलोरी नामक एउटा ब्याक्टेरीया नै हाम्रो जस्तो देशमा अल्सर गराउने कारण बनेको छ।

डा. पवन पराजुली ।

ग्याष्ट्रिकका कारणले अल्सर हुन्छ भनिन्छ ?
अल्सर भनेको अन्तिममा हुने समस्या हो। सुरुमा पेट पोल्ने, दुख्ने आदि लक्षण ग्याष्ट्रिक हुन्। इण्डोष्कोपी गरेर हेर्दा घाउ देखियो भने त्यो अल्सर हो। पेट फुल्ने, ढुस्स हुने, पोल्ने जस्ता समस्या ग्याष्ट्रिकका लक्षण हुन्। त्यो समयमा उपचारमा ध्यान नदिए त्यसको परिणाम चाहिँ अल्सर भएर निस्कन्छ।

अल्सर भएको कसरी थाहा पाउने ?
ग्याष्ट्रिक र अल्सरका लक्षण प्राय उस्ता उस्तै हुन्छन्। ग्याष्ट्रिक हुँदा जस्तै अल्सर हुँदा पनि पेट फुल्ने, दुख्ने, पोल्ने हुन्छ। घाउ ठुलो र गहिरो छ भने रक्तश्राव हुने र कालो दिसा जाने जस्ता लक्षण देखिन्छन्।

अल्सर भएको थाहा पाउन के कस्ता जाँच गर्ने ?
अल्सरकै लागि भनेर छुट्टै जाँच केही हुँदैन। बिरामी कुनै समस्या लिएर आयो जसमा ग्याष्ट्रिकको जस्तो लक्षण देखियो भने फरक जाँच हुन्छ। बिरामीको उमेर ४०–५० भन्दा कम उमेरको छ भने औषधी दिएर पठाउँछौं। तर बिरामीमा उल्टी हुने, रक्तश्राव हुने, कालो दिसा जाने जस्ता लक्षण देखिए भने खतरा मानिन्छ। त्यसपछि इन्डोस्कोपी गरेर हेर्नुपर्छ। यदि बिरामी बढी उमेरका छन् भने सामान्य ग्याष्ट्रिकमै पनि इन्डोस्कोपी गर्नुपर्ने हुन्छ। उमेर बढ्दै जाँदा अल्सर भन्दाभन्दै कतिपयलाई क्यान्सर पनि भइसकेको हुन्छ। क्यान्सरको सुरुवाती लक्षण र अल्सरको लक्षण उस्तै उस्तै हुने भएकाले बढ्दो उमेरका मान्छेमा सामान्य समस्या हुँदा नै इन्डोस्कोपी गर्नु राम्रो मानिन्छ।

अल्सरले क्यान्सरको जोखिम बढाउने हो ?
एकदमै कम प्रतिशतमा त्यस्तो हुन्छ। अल्सरको लामो समयसम्म उपचार भएन भने विस्तारै क्यान्सरमा परिणत हुन्छ। अल्सर गराउने जुन ब्याक्टेरिया छ त्यो आफैमा क्यान्सरको जीवाणु हो।

त्यो जीवाणुको समयमै उपचार गर्न सक्यो भने क्यान्सर हुँदैन। अहिले उपचारमा नयाँनयाँ प्रविधि आएका छन्। जस्तै फुकेर परीक्षण गर्ने जसलाई युरिया ब्रेथ टेष्ट भनिन्छ। अर्को दिसामा पनि हेलिकोब्याक्टर पाइलोरी छ कि छैन भनेर पनि जाँच गर्न सकिन्छ। जसबाट अल्सर गराउने जीवाणु हाम्रो शरीरमा भए नभएको पत्ता लाउन सकिन्छ।

पहिले पहिले अल्सरका लागि भनेर विभिन्न खालका अप्रेशन गरिन्थ्यो। त्यो अहिले हुँदैन। अधिकांश अल्सर औषधीबाट नै निको पार्न सकिन्छ।

नेपालमा अल्सरका बिरामीको अवस्था के छ ?
पहिले पहिले अल्सरका लागि भनेर विभिन्न खालका अप्रेशन गरिन्थ्यो। त्यो अहिले हुँदैन। अधिकांश अल्सर औषधीबाट नै निको पार्न सकिन्छ। अल्सरबाट क्यान्सर हुने सम्भावना पनि एकदमै कमै मात्रामा छ। तर अहिले बढ्दो सहरीकरण र अस्वस्थकर खानपानले अल्सर बढाएको छ। जस्तै पोलेको मासु खाने, फास्टफुड, जंकफुडहरु बढी मात्रामा खाने प्रवृति छ जसले गर्दा अल्सर हुने र समयमै उपचार नगर्दा क्यान्सरमा परिणत हुनेक्रम बढ्दो क्रममा नै छ।

अल्सर हुनबाट बच्न के गर्ने ?
अल्सर हुनबाट बच्नका लागि सबैभन्दा पहिला ग्याष्ट्रिकबाट बच्ने जसका लागि अनावश्यक औषधीहरु जस्तै पेनकिलरहरु खानु हुँदैन। त्यस्तै अल्सर गराउने जीवाणु झाडापखाला सरेजस्तै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ। त्यसैले हाम्रो पिउने पानी एकदमै स्वच्छ सफा हुनुपर्छ। पानी जहिले पनि उमालेर फिल्टर गरेर मात्रै पिउने गर्नुपर्दछ।

सामान्य लक्षण देखिने बित्तिकै त्यो किटाणुलाई मार्ने औषधी प्रयोग गर्दा भविष्यमा हुनसक्ने अल्सरको जोखिमबाट बच्न सकिन्छ। यो अल्सर ग्याष्ट्रिक भनेको हाम्रो खानपानकै कारणले हुने रोग भएकाले फास्टफुड, जंकफुड, भुटेको, तारेको खानेकुराहरु कम खानुपर्छ। समयमै खाना खाने, कडा खालको चिया कफीहरु नखाने गर्यौं भने यसको जोखिमबाट बच्न सकिन्छ।

अल्सर उपचार गरेपछि फेरि बल्झिने सम्भावना कत्तिको हुन्छ ?
एकपटक उपचार गरेर निको भए पनि अल्सर गराउने जीवाणु केही गरी शरीरमा आयो भने फेरी पनि हुने सम्भावना धेरै हुन्छ। त्यस्तै यो रोग हाम्रो खानपान र जीवनशैलीका कारणले लाग्ने भएकाले मलाई ठिक भैसक्यो भन्दै जथाभावी जे पायो त्यहि खाने, समयमा नखाने गर्यौं भने यसको जोखिम हाम्रो शरीरमा ररिरहन्छ। त्यसैले हामी आफै सचेत हुनु जरुरी छ।

 

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  ८ : ०३ बजे

बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी

झापा– राष्ट्रिय चिकित्सा शिक्षा आयोगबाट स्वीकृति प्राप्त झापाको बीएण्डसी मेडिकल

छेकबार लगाएपछि मानव–वन्यजन्तु द्वन्द्व घट्यो

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ को नागेश्वर सामुदायिक वनदेखि वडा नं

फ्रान्सको ‘स्ट्याचु अफ लिबर्टी’ कसरी पुग्यो अमेरिका ?

सन् १८५१ डिसेम्बर २ को रात १७ वर्षीय फ्रेडरिक अगस्ट

सागसब्जीका बेर्ना बेचेर एकै याममा दुई लाख आम्दानी

म्याग्दी– विगत ४१ वर्षदेखि व्यावसायिक रूपमा सागसब्जीका बेर्ना उत्पादन गर्दै

पूर्वगृहमन्त्री लामिछानेलाई चौथोपटक म्याद थपका लागि कास्की अदालत लगिँदै

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा गोर्खा मिडिया नेटवर्कका