बुर्तिबाङ–म्याग्दी सडक कालोपत्र | Khabarhub Khabarhub

बुर्तिबाङ–म्याग्दी सडक कालोपत्र


२९ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको दुर्गम मानिएको तमानखोला गाउँपालिका जोड्ने सडक कालोपत्र गर्न सुरु गरिएको छ ।

बागलुङको बुर्तिबाङ–तमानखोला हुँदै म्याग्दी जोड्ने सडक कालोपत्र सुरु भएको हो । विसं २०७० मा ट्र्याक खुलेको सडकको कालोपत्र गर्न थालिएको हो ।

सडकको ट्रयाक खुलेको ६ वर्षपछि विसं २०७६ मा ग्राभेलिङ गरिए पनि हालसम्म कालोपत्र हुन सकेको थिएन ।

ग्राभेल गरेको सडक लामो समयसम्म कालोपत्र नहुँदा हिलाम्मे र धुलाम्मे बन्दा यात्रुले सास्ती खेप्नुपरेको थियो । यो सडक म्याग्दीसँग जोडिने सडक हो । तमानखोला पहिलो पटक कालोपत्र सडकले जोडिन थालेको तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढामगरले बताए ।

पालिकाको बजेटले निकै कम हुनेहुँदा सडक कालोपत्र गर्न नसकिएको जनाउँदै प्रदेश सरकारले यस वर्ष बजेट विनियोजन गरेर काम अगाडि बढाएको उनको भनाइ छ ।

सडक निर्माण भएको लामो समयसम्म यहाँका हजारौँ नागरिक कच्ची सडकमै यात्रा गर्न बाध्य भएको अध्यक्ष बुढामगरले बताए । बुर्तिबाङ बजारदेखि बोङ्गादोभानसम्म जोड्ने सडकमा दुईवटा पुल चार वर्ष अगाडि मात्रै बनेपछि अहिले बाह्रै महिना पालिकाको केन्द्रसम्म यातायात सञ्चालन हुने उनको भनाइ छ ।

सडक कालोपत्रका लागि पूर्वधार विकास कार्यालय बागलुङले बोलपत्र आह्वान गरी एसी कन्स्ट्रक्सनलाई जिम्मा दिएको छ । निर्माण कम्पनीलेले सडक कालोपत्रका लागि १२ करोड ७४ लाखमा जिम्मा पाएको हो ।

यस वर्ष गण्डकी प्रदेश कार्यालयले तीन करोडमात्रै बजेट विनियोजन गरेको छ । बहुवर्षे ठेक्काअन्तर्गत रहेको यो आयोजना विसं २०८३ साउन १९ गते सक्नेगरी जिम्मा पाएको एसी कन्स्ट्रक्सनका प्रमुख दीपक अदैले बताए । काम यसै सातादेखि सुरु गरेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  ९ : ५५ बजे

अस्ट्रेलियाका २५ हलमा लाग्दै ‘माग्ने राजा’

काठमाडौं – केदार घिमिरे ‘माग्ने बूढा’ शीर्ष भूमिकामा रहेको फिल्म

नेपालले दियो मेलबर्न रेनेगेड्सलाई १४० रनको लक्ष्य

काठमाडौं– अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजअन्तर्गत आफ्नो

लोमान्थाङमा खुल्यो ‘सङ्ग्रहालय’

मुस्ताङ– उत्तरी चीनसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित पर्खालले

पशुप्रेमी रिक्सा चालकले दिल्लीकी मुख्यमन्त्रीलाई हाने थप्पड

नयाँदिल्ली- भारतको राजधानी सहर दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि उनको सरकारी

जीवनको ठूलो पर्दामा ‘कमब्याक’ पक्का, साइन गरे ‘सकम्बरी’

काठमाडौं – अमेरिका पलायन भएका नायक जीवन लुइटेलले ७ वर्षपछि