वडाध्यक्षलाई कार्यवाहक दिएर धरानका मेयर साम्पाङ बेलायततिर, उपमेयर असन्तुष्ट « Khabarhub

वडाध्यक्षलाई कार्यवाहक दिएर धरानका मेयर साम्पाङ बेलायततिर, उपमेयर असन्तुष्ट


३० आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

धरान– धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई साम्पाङ वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएर बेलायत भ्रमणमा निस्किएका छन् ।

साम्पाङले उपप्रमुख हुँदाहुँदै वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्र कुमार फागुलाई गत सोमबार देखि नै लागू हुने गरी  कार्यवाहक मेयरको जिम्मेवारी दिएका हुन् ।

धरानको उपप्रमुखमा माओवादी केन्द्रबाट निर्वाचित अइन्द्रविक्रम बेघा छन् । उनीसँग सम्बन्ध बिग्रिएपछि मेयर साम्पाङले वडा अध्यक्षलाई जिम्मेवारी दिएका हुन् ।

उनले विगतमा पूर्व मेयरहरूले पनि वडाध्यक्षलाई कार्यवाहक दिने गरेको उल्लेख गर्दै यसलाई अन्यथा लिन नहुने स्पष्ट पारे ।

तर उपमेयर बेगाले भने यस अगाडिका मेयरले स्थानीय सरकार सञ्चालन ऐन भन्दा बाहिर गएर कुनै पनि गतिविधि नगरेको दाबी गरेका छन्।

उपमेयर बेघाले मंगलबार साँझ पत्रकार सम्मेलन गरेर मेयर साम्पाङविरुद्ध कानूनी उपचार खोज्ने समेत बताएका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  ९ : ५५ बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ