जापानमा बर्डफ्लु सङ्क्रमणपछि उच्च सतर्कता | Khabarhub Khabarhub

जापानमा बर्डफ्लु सङ्क्रमणपछि उच्च सतर्कता


३० आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जापानको होक्काइदो क्षेत्रका दुई नगरमा जंगली पङ्क्षीहरूमा अत्यधिक सङ्क्रामक एभियन इन्फ्लुएन्जा (बर्ड फ्लु) फेला परेको भन्दै जोखिम न्यूनिकरणका लागि राष्ट्रव्यापीरूपमा चेतावनी जारी गरिएको छ । 

जापानको वातावरण मन्त्रालयले होक्काइदोमा दुई फरकफरक स्थानमा  भाइरस फेला परेपछि यो निर्णय गरिएको जनाएको छ । मन्त्रालयका अनुसार, सेप्टेम्बर ३० मा ओटोब नगरमा एउटा मृत बाजमा र अक्टोबर ८ मा बेतसुकाई नगरमा जङ्गली हाँसको समूहमा भाइरस फेला परेको थियो ।

अधिकारीहरूले देशभरका जङ्गली चराहरूको कडा निगरानी गर्न आह्वान गरिरहेका छन्। बर्डफ्लुले सामान्यतया सङ्क्रमित पङ्क्षीसँग अत्यधिक सम्पर्कमा नआएसम्म मानिसमा खतरा उत्पन्न नगर्ने भए तापनि मृत चरा नछुन र चराको शंकस्पद मृत्युबारे कुनै पनि जानकारी स्थानीय अधिकारीलाई दिन सर्वसाधारणलाई आग्रह गरिएको मन्त्रालयले निर्देशन दिएको छ।

जापानका विभिन्न क्षेत्रहरूमा बर्डफ्लु भाइरसको सङ्क्रमण धेरै पटक पत्ता लागेको रिपोर्टपछि, मन्त्रालयले राष्ट्रव्यापी सतर्कतालाई उच्चतम तहमा पुर्याएको छ । प्रशासनले भाइरसको फैलावटमा निगरानी र अनुसन्धानलाई तीव्र पार्ने प्रतिवद्धता जनाएको छ । 

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  १२ : ३२ बजे

पटकासहित एक जना पक्राउ

पर्सा– वीरगन्ज महानगरपालिका-१ बाट करिब १ लाख ३९ हजार ९ सय

गाजामा युद्धविराम कायम राख्नु जीवनरक्षाका लागि अत्यावश्यक : संयुक्त राष्ट्रसङ्घ

जेनेभा- संयुक्त राष्ट्रसङ्घले गाजामा हाल कायम रहेको युद्धविरामलाई ‘जीवनरक्षाका लागि

आगलागीबाट दुई घर जलेर नष्ट

त्रिशूली– ककनी गाउँपालिका–१ स्थित जलकुनीमा आज आगलागी हुँदा दुई घर

नेपाली क्रिकेट खेलाडीको तस्बिर राखेर कालीपूजा पण्डाल

भद्रपुर– यहाँस्थित भद्रपुर–६ मा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूको तस्बिर राखेर

ज्योतिपुञ्ज कपको उपाधि आयोजकलाई

रामपुर– पाल्पाको रामपुर नगरपालिकामा सञ्चालन भएको जिल्लाकै सर्वाधिक राशिको तेस्रो