माटोका भाँडा बेचेर मासिक ८० हजारसम्म आम्दानी | Khabarhub Khabarhub

माटोका भाँडा बेचेर मासिक ८० हजारसम्म आम्दानी


१ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सुनसरीको इटहरी उपमहमनगरपालिका–६ का सुरज पण्डितले माटोका भाँडाकुँडाबाट मनग्य आम्दानी गर्दै आएका छन् ।

गाउँघरदेखि सहरबजारतिर माटोको भाँडाकुँडा प्रयोगमा कम आए पनि आफूले पुर्ख्यौली पेसा छोड्न नसकेको र यसबाट निराश हुने अवस्था नरहेको बताए ।

उनले भने, ‘हामी सबै परिवार माटोको भाँडा बनाउँछौँ, हाम्रा बाजेहरूले पहिलेदेखि बनाउँदै यही काम गर्दै आउनुभएको हो । पुर्ख्यौली पेसा हो अहिले पनि यही भाडाँकुडा बनाएरै घरखर्च पुगेको छ । आम्दानीको स्रोत नै यही हो ।’

उनको इनरुवामा माटोको भाँडा बनाउने आरन छ, त्यहाँ बनाएका भाडाँकुडा इटहरी लगेर बेच्ने गरिएको छ । धेरै व्यापारीले आरनमै आएर खरिद गरी लिने गरेको पनि उनले बताए । यसरी बनाउने भाँडाका लागि आवश्यक माटो भने विराटनगरको बर्जुताल क्षेत्रबाट ल्याउने गरेको पण्डितले जानकारी दिए ।

उनले भने, ‘जस्तो पायो त्यस्तो माटोले भाँडा बन्दैन, नजिकै राम्रो माटो पाउन गाह्रो छ । एक ट्रयाक्टर माटो १२ हजारदेखि १८ हजारसम्ममा ल्याउने गरेका छौँ, एक गाडी माटोले १ लाख ५० हजार मूल्य बराबर माटोका सामान बनाउन सकिन्छ । घरमा सबै खर्च कटाएर पनि ८० हजारभन्दा बढी मासिक आम्दानी हुने गरेको छ ।’

पण्डितले माटोको सामान उत्पादन गर्न सकेमा बिक्रीका लागि बजारको समस्या खासै नरहेको बताए । पूर्वको झापा, मोरङ, पाँचथर, इलाम, खादबारी, फिदिम, धनकुटादेखि भोजपुरसम्म मागअनुसार गाडीमार्फत माटोका भाँडा पठाउने गरेको उनले बताए । 

पण्डितले रक्सी बनाउने पैनि, गमला, गाग्रो, पाला, कलश, दियो, फूलदानी, दही जमाउने भाँडा, फिल्टर, खुतुर्के, गिलासलगायत सामान बनाउने गरेकाले सामान बिक्री हुँदैन कि भनेर कहिल्यै चिन्ता गर्नु नपरेको सुनाए । 

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार  ८ : ०० बजे

लेबनानको क्याबिनेटबाट हिजबुल्लाह निःशस्त्रीकरणको प्रस्ताव स्वीकृत

लेबनान – लेबनानको क्याबिनेट बैठकले हिजबुल्लाहको निःशस्त्रीकरणको योजनालाई स्वीकार गरेको

ललितपुरमा जटिल बन्दै खानेपानीको समस्या, स्थानीयका गुनासैगुनासा

ललितपुर- ललितपुरमा खानेपानीको समस्या जटिल बन्दै गएको छ । जिल्लाका

बजेट तथा कार्यक्रम कार्यान्वयन गर्न मुख्यमन्त्री कार्यालयबाट पत्राचार

कर्णाली– कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आर्थिक वर्ष

इजरायलले गाजा नियन्त्रणको प्रस्ताव गरेपछि हमासले दियो बाँकी बन्दीबारे गम्भीर चेतावनी

इजरायल – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा नियन्त्रण गर्ने प्रस्ताव

राष्ट्रियसभा बैठक बस्दै, महालेखा परीक्षकको प्रतिवेदन पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज (शुक्रबार) बस्दैछ ।