८३ किलो रक्तचन्दनसहित बौद्धबाट २ जना पक्राउ | Khabarhub Khabarhub

८३ किलो रक्तचन्दनसहित बौद्धबाट २ जना पक्राउ


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको बौद्धबाट ८३ किलो रक्तचन्दनसहित २ जना पक्राउ परेका छन् ।

घरमा लुकाएर राखिएको रक्तचन्दनसहित प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) र महानगरीय प्रहरी बृत्त बौद्धको टोलीले काठमाडौं महानगरपालिका–६ रामहिटी (बौद्ध)बाट २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मुगु घर भएका श्यावा लामा र योन्देन ग्याम्बु रहेका महानगरीय प्रहरी बृत्त बौद्धका प्रमुख प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्ले जानकारी दिए ।

चन्दका अनुसार मुगु घर भएका श्यावा लामाको बोद्धस्थित घरमा राखिएको अवस्थामा रक्तचन्दन फेला परेको हो ।

प्रहरीले बरामद भएको रक्तचन्दनसहित थप अनुसन्धान र कारबाहीका लागि दुवै जनालाई काठमाडौंको हात्तीसारस्थित वन कार्यालयमा पठाएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ११ : ४९ बजे

इतिहासमा आधारित रहेर कला र संस्कृतिलाई अगाडि बढाउनुपर्छः सभामुख घिमिरे

ललितपुर – सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले इतिहासमा आधारित

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल भदौ ८ गते आइतबार। भाद्र

आज २०८२ साल भदौ ८ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ८ गते आइतबार। भाद्र

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ