गाजामा एक हप्तामा ४०० प्यालेस्टिनी मारिए, सयौँ घाइते  « Khabarhub

गाजामा एक हप्तामा ४०० प्यालेस्टिनी मारिए, सयौँ घाइते 


१ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– गाजामा एक हप्तामा करिब ४०० प्यालेस्टिनी मृत्यु हुनुका साथै करिब एक हजार ५०० घाइते भएको मानवीय मामिला तथा आपतकालीन राहतका लागि राष्ट्रसङ्घका कार्यवाहक उपमहासचिव जोयस सुयाले बताएका छन्।  

गाजाको मानवीय अवस्थाबारे राष्ट्रसङ्घीय सुरक्षा परिषद्लाई जानकारी दिँदै सुयाले अक्टोबर ९ पछि इजरायली हवाई आक्रमणका कारण गाजामा सयौँ व्यक्ति हताहत भएको बताएका छन् ।  

अल अक्सा अस्पताल नजिकै शरण लिइरहेका बिरामी र विस्थापितहरूको तस्बिरले विश्वलाई विचलित बनाएको जनाउदै महिला तथा बालबालिका सहित धेरै व्यक्तिहरूले कठिन जीवनको  सामना गरिरहेको उनले उल्लेख गरेका छन् ।  

यदि यस्तो आतंकले मानवताको भावना हराउने र मानवतावादीहरूलाई काम गर्न उत्प्रेरित नगर्ने बताउँदै उनले इजरायलको सैन्य आक्रमण तीव्र हुँदै गएकाले ५५ हजार भन्दा बढी मानिसहरू जबलिया क्षेत्रबाट विस्थापित भएको बताएका छन् ।  

उनले अक्टोबरको शुरूदेखि १५ सम्म गाजामा कुनै पनि खाद्य सहायता नआएको बताउँदै बाँच्नका लागि सबै आवश्यक सामग्रीहरू समाप्त भइरहेको जनाएका छन् । गाजाको दयनीय अवस्था र पीडालाई ध्यानमा राख्दै, मानवीय पहुँच अस्तित्वहीन भएको उनले बताएका छन् ।  

पटक पटकका मिसन अवरुद्ध हुँदा, अभावबीच बाँचिरहेका गाजाबासीलाई मानवीय सहायताको अझ बढी खाँचो भएको उनले बताए।  

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार  १ : १७ बजे

अन्तर्राष्ट्रिय आरोग्य दिवससम्बन्धी नेपालको प्रस्ताव राष्ट्रसङ्घद्वारा पारित 

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घले नेपालको प्रस्तावमा अन्तर्राष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव पारित

कपनमा पुलमुनि झुण्डिएको अवस्थामा एक पुरुष फेला

काठमाडौँ– काठमाडौँ कपनमा झुण्डिएको अवस्थामा एक पुरुष भेटिएका छन् ।

फिल्म ‘मुक्तिपुर’को छायाङ्कन सुरू

काठमाडौं – फिल्म ‘मुक्तिपुर’को टोली शुभ मुहूर्तसँगै छायाङ्कनमा निस्किएको छ

दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते

नवलपरासी– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा

शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा मङ्गलबारदेखि बाघको गणना