आफ्नै शरीरमा ब्लेडले घाउ पार्ने व्यक्ति पक्राउ « Khabarhub

आफ्नै शरीरमा ब्लेडले घाउ पार्ने व्यक्ति पक्राउ


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– आफ्नै शरीर ब्लेडले काटेको अभियोगमा कैलालीमा १ जना व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा डोटीको जोरायल गाउँपालिका–३ घर भइ कैलालीको गोदावरी नगरपालिका बस्ने २५ वर्षी हेम प्रकाश मल्ल छन् ।

प्रहरीका अनुसार मल्लले आफूमाथि धारिलो हतियारबाट आक्रमण भएको भन्दै स्थानीय प्रहरीमा उजुरी दिएका थिए ।

गोदावरी नगरपालिका–४ स्थित गोदावरी जंगलमा अपरिचित व्यक्तिले आफूमाथि आक्रमण गरेको मल्लको भनाइ थियो ।

प्रहरीका अनुसार श्रीमतीसँग अलग हुन भन्दै अपरिचित व्यक्तिले आफूमाथि आक्रमण गरेको प्रहरीलाई दिएको उजुरीमा उल्लेख गरेका थिए ।

तर, प्रहरी अनुसन्धानबाट मल्ल आफैंले आफ्नो जिउमा घाउ पारेको देखिएको हो । उनले आफ्नी श्रीमतीसँग अलग हुनका लागि अर्को व्यक्तिले आक्रमण गरेको देखाउन आफैंले आफ्नो शरीरमा घाउ पारेको देखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले बताए ।

डिएसपी बस्नेतका अनुसार मल्लले दाह्री काट्ने ब्लेडको प्रयोग गरेर आफ्नो शरीरमा घाउ पारेको देखिएको छ ।

प्रहरीले मल्ललाई पक्राउ गरी सोधपुछ पछि परिवारको जिम्मा लगाएको जनाएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  १२ : २५ बजे

‘जनतालाई उठिबास गर्न बन्द गर’ भन्दै काठमाडौंमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– भूमि अधिकार संरक्षण समितिले ‘जनतालाई उठिबास गर्न बन्द गर’

श्रीलंकामा विपद् प्रभावित बालबालिकाका लागि विशेष कार्यक्रमको घोषणा

एजेन्सी– श्रीलंकाको महिला तथा बालबालिका मन्त्रालयले विकासकारी चक्रवातले निम्त्याएको बाढी

सहमति नभए स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व चयन हुन्छ : सचिव अर्याल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव पद्मा अर्यालले पार्टीको

तस्बिरमा हेर्नुहोस्, काठमाडौं र लुम्बिनीको प्रतिस्पर्धा

काठमाडौं– नेपाल प्रिमिर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबार जारी

बर्दिया घटनाबारे गठित छानविन समितिले थाल्यो काम  

काठमाडौं– नागरिकता नपाउँदा बर्दियामा बाबु-छोरीले ज्यान गुमाएको घटनाबारे छानबिन गर्न