लामखुट्टेविरुद्धको विषादीबारे अनुसन्धान गरिँदै | Khabarhub Khabarhub

लामखुट्टेविरुद्धको विषादीबारे अनुसन्धान गरिँदै


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– औलो सार्ने लामखुट्टेविरुद्ध प्रयोग हुँदै आएको कीटनाशक विषादीको प्रभावकारिताबारे सुदूरपश्चिम प्रदेशका दुई जिल्लामा अध्ययन-अनुसन्धानको कार्य सुरु गरिएको छ ।

स्वास्थ्य निर्देशनालय राजपुर डोटीको कीट अनुसन्धान प्रयोगशालाले कैलाली र कञ्चनपुरमा  अनुसन्धान सुरु गरेको हो । डेल्टामेथ्रिन, अल्फासाइपरमेथ्रिनलैम्बडासायहेलोथ्रिन नामक तीनवटा विषादी लामखुट्टेविरुद्ध विगत २५ वर्षदेखि प्रयोग हुँदै आएको छ । तीनवटै विषादीको प्रभावकारिताबारे अध्ययन भइरहेको स्वास्थ्य निर्देशनालय राजपुरका कीटजन्य  अधिकृत हेमराज जोशीले बताए । 

‘माउथ एस्पिरेटरको माध्यबाट औलो प्रभावित क्षेत्रबाट लामखुट्टे संकलनको कार्य गरिरहेका छौँ’, उनले भने, ‘सनलन गरिएका लामखुट्टेलाई ल्याबमा लगेर परीक्षण हुन्छ, एकपटकमा एक सय ५० लामखुट्टेमा अध्ययनको कार्य हुन्छ, यो प्रक्रियामा २६ घण्टा लगाएर ल्याब परीक्षणको कार्य पूरा हुन्छ ।’

अध्ययनका क्रममा एक सय लामखुट्टेलाई विषादीसँग सम्पर्क गराउने र ५० लामखुट्टेलाई बिनाविषादी जस्ताको तस्तै ट्युबमा राखेर अध्ययन गरिने उहाँको भनाइ छ । विषादीसँग सम्पर्क गराएका र नगराएका लामखुट्टेको मृत्युदरको विश्लेषण गरी विषादीले काम गरे-नगरेको निक्र्योल गरिने अधिकृत जोशीले  बताए।

उनका अनुसार पहिलो चरणमा कञ्चनपुरका भीमदत्त नगरपालिका–९ बाट अध्ययन सुरु गरिएको छ । एनोफिलिस फ्युवियाटिलिस नामक लामखुट्टेलाई डेल्टामेथ्रिन विषादीसँग सम्पर्क गरी अध्ययन अनुसन्धानको कार्य गरिएको छ । दोस्रो चरणमा कैलालीका मलेरिया प्रभावित क्षेत्रमा अध्ययनको कार्य गरिने भएको छ ।

 भारतमा नौ प्रजातिका लामखुट्टेले औलो सार्ने भए पनि नेपालमा गरिएको अध्ययनमा एनोफिलिस फ्युवियाटिलिस, एनोफिलिस म्याकुलाटस कम्पलेक्स र एनोफिलिस एन्युलरिस नामक तीन प्रजातिका लामखुट्टेले औलो सार्ने गरेको पाइएको छ । लामखुट्टेको टोकाइबाट हुने औलो रोगबाट कैलाली र कञ्चनपुर उच्च जोखिममा छन् ।

आर्थिक वर्ष २०८०-८१ को साउनदेखि असार मसान्तसम्म औलोका बिरामीको सङ्ख्या सुदूरपश्चिम प्रदेशमा दुई सय ४७ रहेकामा आयातित बिरामीको सङ्ख्या दुई सय २९ रहेको थियो ।
– 

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ६ : ३८ बजे

हर्कको श्रमदान अभियानमा गएकी किशोरीमाथि यौन दुर्व्यवहार, एकजना समातिए

काठमाडौं- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले चलाएको श्रमदान अभियानका क्रममा

नेपाल इन्स्योरेन्सको हकप्रद निष्कासन हुने 

काठमाडौं– नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको

हैजा नियन्त्रणका लागि काठमाडौं महानगर क्षेत्रमा जनचेतनामूलक कार्यक्रम

काठमाडौं– काठमाडौँ महानगरपालिकाले हैजा रोग नियन्त्रणका लागि ३२ वटै वडामा 

कालीगण्डकीमा व्यावसायिक अकबरेखेती

वालिङ– स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका किसानले व्यावसायिक अकबरे खुर्सानीखेती सुरु गरेका छन्

अन्तर्राष्ट्रिय सहकारी दिवसमा महासंघले विशेष समारोह गर्ने

काठमाडौं– राष्ट्रिय सहकारी महासंघले अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा विशेष समारोहको