जापानको ओसाका लागि उड्यो वाइडबडी, कति पर्छ टिकटको मूल्य ? « Khabarhub

जापानको ओसाका लागि उड्यो वाइडबडी, कति पर्छ टिकटको मूल्य ?


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल वायुसेवा निगमले जापानको ओसाकाका लागि सिधा उडान सुरु गरेको छ ।

नेपाल वायुसेवा निगमल १२ वर्षपछि आज पहिलोपटक जापानका लागि सिधा उडान गरेको हो । निगमको वाइडबडी विमा आज बिहान २ बजेर ४२ मिनेटमा जापानको ओसाकाको लागि उडेको हो ।

२ सय ७४ सिटे एअरबसको वाइडबडी जहाज १ सय ३२ यात्रु लिएर जापान प्रस्थान गरेको हो । संस्कृति पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री धनबहादुर बुढा, ६ जना सांसद र निगमका १० जना कर्मचारीसहित एक सय ३२ यात्रु जापान प्रस्थान गरेका हुन् ।

काठमाडौंबाट उडेको जहाज ६ घन्टा २० मिनेटमा ओसाका पुग्नेछ । जापान पुगेको २ घण्टापछि नै जहाज फेरि नेपालको लागि उड्नेछ ।
निगमले एकतर्फी टिकटको मूल्य ३६ हजार ९ सय ९९ र दुईतर्फी टिकटको मूल्य ७२ हजार ८ सय १४ रुपैँया तोकेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  १ : १४ बजे

बालेनसँगको सहमति लगत्तै काठमाडौंको मेयरमा रविका दाजुको ‘उम्मेदवारी घोषणा’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र

४८ घण्टा छलफलपछि रवि र बालेनबीच सहमति, को को थिए साक्षी ?

काठमाडौं – लगातार तीन दिनदेखिको छलफललाई निष्कर्षमा पुर्याउँदै राष्ट्रिय स्वतन्त्र

निर्वाचन ६७ दिन बाँकीः एक करोड ८९ लाख मतदाताले छान्नेछन् प्रतिनिधिसभा सदस्य

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

प्रधानमन्त्री बालेन, पार्टी नेता रवि : रवि–बालेन सम्झौताका सात बुँदामा के छ ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर