अमेरिका स्थापनाको २५० वर्ष : देशैभर उत्सव, ट्रम्पले गरे साम्यवादको कडा आलोचना « Khabarhub

अमेरिका स्थापनाको २५० वर्ष : देशैभर उत्सव, ट्रम्पले गरे साम्यवादको कडा आलोचना

'१७७७ को ऐतिहासिक झण्डा' देखाउँदै अमेरिकी आदर्शको चर्चा


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – संयुक्त राज्य अमेरिकाले आफ्नो स्थापनाको २५० औँ वर्षगाँठ भव्य रूपमा मनाएको छ । देशका सबै ५० राज्यहरूमा कन्सर्ट, ऐतिहासिक परेडसहित राष्ट्रव्यापी उत्सव मनाइएको हो । यस ऐतिहासिक अवसरमा राजधानी वासिङ्टन डीसीमा आयोजकले विश्व रेकर्ड तोड्ने उद्देश्यका साथ १० वटा फरक स्थानबाट झन्डै ८ लाख ५० हजार पटाका पड्काएर ४० मिनेट लामो आतिशबाजी प्रदर्शन गरेका छन् ।

यसैगरी न्यूयोर्कमा जलसेनाका जेट विमानको उडान र बन्दरगाहमा ठूला जहाजको प्रदर्शनपछि मेयर जोहरान माम्दानीले एम्पायर स्टेट बिल्डिङमा विशेष लाइटिङ गरेका थिए । उत्सवका क्रममा केही व्यवधान पनि देखिएका छन् । पूर्वी तट अन्तर्गत वासिङ्टन डीसी, न्यूयोर्क र फिलाडेल्फियामा आएको आँधी र अत्यधिक गर्मीका कारण केही कार्यक्रम प्रभावित भएका छन् । न्यूयोर्कको ब्रुकलिन ब्रिजमा आतिशबाजी सकिने क्रममा आगलागी भएको थियो भने एटलान्टाबाट सिकागो जाँदै गरेको डेल्टा एयरलाइन्सको एक विमानमा पटाकाले छोए पनि विमान सुरक्षित अवतरण भएको छ ।

आँधीका कारण केही ढिलाइ भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘नेसनल मल’ मा राति ढिलो गरी विशेष सम्बोधन गरेका छन् । ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीका अनुसार राष्ट्रपति ट्रम्पले आफ्नो कार्यकालकै निकै फरक र अद्वितीय भाषण दिएका हुन् । सम्बोधनका क्रममा सन् १७७७ को १३ वटा तारा र १३ वटा धर्सा भएको अमेरिकाको पहिलो ऐतिहासिक झण्डा प्रदर्शन गर्दै ट्रम्पले अमेरिकी नायकहरूलाई धन्यवाद दिए र अमेरिकी आदर्शको प्रसंशा गरे ।

“१७७६ जुलाई ४ देखि २०२६ जुलाई ४ सम्म आइपुग्दा हामीले स्वतन्त्रता र अमेरिकी भावनाको स्थायी विजयको उत्सव मनाइरहेका छौँ,” ट्रम्पले भने । आफ्नो सम्बोधनमा उनले ‘सेभ अमेरिका एक्ट’ पारित गर्नुपर्नेमा जोड दिँदै पुनः साम्यवादको कडा आलोचना गरेका छन् ।

राष्ट्रपति ट्रम्पले अमेरिकामा कम्युनिस्ट व्यवस्थाका लागि कुनै स्थान नभएको स्पष्ट पारे। “हामी हाम्रो देशमा कम्युनिस्ट चाहँदैनौँ। कम्युनिजम (साम्यवाद) सधैँ हारेको छ र हारिरहनेछ,” ट्रम्पले अगाडि भने, “यो अमेरिकी व्यवस्थाको बिलकुल विपरीत छ।” उनले कम्युनिस्ट विचारले कहिल्यै अमेरिकाभित्र पाइला राख्न नसकोस् भनेर नै अमेरिकी सैनिकले विश्वव्यापी रूपमा साम्यवादविरुद्ध लडाइँ लडेको समेत दाबी गरे।

सन् १७७६ जुलाई ४ मा उत्तरी अमेरिकाका १३ ब्रिटिस उपनिवेशले स्वतन्त्रताको घोषणा गर्दै बेलायतबाट अलग हुने निर्णय गरेका थिए। सोही ऐतिहासिक दिनको २५० वर्ष पुगेको अवसरमा संयुक्त राज्य अमेरिकाले यस वर्षको उत्सवलाई ‘अमेरिका २५०’ नाम दिएर भव्य रूपमा मनाएको हो।

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  ११ : ५४ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२