ओलीले साना दल फुटाउन खोजे गम्भीर प्रतिकार गर्ने विपक्षीको निर्णय « Khabarhub

ओलीले साना दल फुटाउन खोजे गम्भीर प्रतिकार गर्ने विपक्षीको निर्णय


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले साना दल फुटाउन खोजेको भन्दै विपक्षी दलले त्यसको प्रतिकार गर्ने जनाएको छ । 

ओलीले साना दललाई फुटाएर आफू शक्तिशाली बन्न अध्यादेश ल्याउन लागेको हल्ला सुनेपछि विपक्षीले यसको सामूहिक प्रतिकार गर्ने  निर्णय गरेका हुन । 

बैठकमा उपस्थित राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विपक्षी दलहरूले साना दलहरू फुटाउन सरकारले अध्यादेश ल्याउन सक्ने आशंका गरेको बताए । तर, यो अवस्था आएमा सबै विपक्षी दल एक ठाउँमा उभिने निर्णय भएको अध्यक्ष लिङ्देनले खबरहबलाई सुनाए । 

विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले बिहीबार विपक्षी दलहरूको बैठक बोलाएका थिए । बैठकमा सरकारमै रहेको लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्त ठाकुर, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पनि साना दल फुटाउने हल्लाबारे बोलेका थिए । उनीहरूले पनि यसमा विपक्षी दललाई साथ दिने बताए । 

यता प्रधानमन्त्री ओलीले दल फुटाउने व्यवस्थासहितको अध्यादेश ल्याउने हल्ला सुनेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले पनि ओलीलाई साना दल फुटाउन लागेको कदमबारे आफूले साथ नदिने बताइसकेको बैठकमा चर्चा भएको थियो । 

‘देउवाले पनि साथ नदिने भन्नु भएको छ । यो त मनपरी भयो नि ।’ माओवादीका अध्यक्ष प्रचण्डले बैठकमा भने, ‘हामी सबै यसबारे चनाखो हुनुपर्छ ।’

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  १२ : ४५ बजे

सुदूरपश्चिम महोत्सवमा ‘थारू कला प्रदर्शनी घर’

कैलाली– सुदूरपश्चिममा एउटा उत्सवकै रूपमा विकास भइसकेको ‘सुदूरपश्चिम महोत्सव’को १९औँ

प्रि ओपन सेसन : झिनो अंकले घट्यो नेप्से

काठमाडौं– साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक

केन्द्रीय कमिटी बैठक बोलाएको डेढ घण्टापछि भृकुटीमण्डपमा अध्यक्ष ओली

काठमाडौं – नेकपा (एमाले)को ११ औँ महाधिवेशनको बन्दसत्र रोकेर केन्द्रीय

शिवपुरीमा हराएका तीन जनालाई सेनाले गर्‍यो उद्धार

काठमाडौं – काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र हराएका तीन जनालाई

निरज र जेनिशालाई स्केटिङ उपाधि

काठमाडौं – रुकुमकोटमा पहिलो पटक आयोजना भएको इनडोर स्केटिङ प्रतियोगिताको