डेंगुको संक्रमण बढेसँगै देशभर रगतको कमी, रक्तदान गर्न रेडक्रसको आह्वान  | Khabarhub Khabarhub

डेंगुको संक्रमण बढेसँगै देशभर रगतको कमी, रक्तदान गर्न रेडक्रसको आह्वान 


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – डेंगुको संक्रमण बढेसँगै देशभर रगतको कमी हुन थालेको छ ।

बाढी, पहिरो, डेंगु र चाडबाडका कारण उपत्यकासहित देशभर नै रगतको कमी हुन सुरु भएको नेपाल रेडक्रस सोसाइटीले जनाएको हो ।

नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक पवनकुमार गुप्ताले अहिले दैनिक रूपमा माग पनि दशैं तिहारले गर्दा पहिलाको तुलनामा सङ्कलन र माग कम भएको बताए ।

उनले अहिले डेंगु बढेकाले प्लेटलेट रिच प्लाज्माको भने माग बढेको बताए । प्लेटलेटको माग दिनानुदिन बढ्दै गए पनि दशैं, तिहार जस्ता चाडपर्वले मानिसहरू घर जाने र रगत सङ्कलन कम हुने गर्दा माग पूरा गर्न कठिनाइ भइरहेको जानकारी दिए । उनले रातो रगत, होल ब्लडहरू भने रेडक्रससँग पर्याप्त रहेको बताए ।

पिआरपीको लागि प्रत्येक दिन ताजा रगतको आवश्यक पर्ने तर रक्तदान गर्नेहरूको कमीका कारण माग पूरा गर्न कठिन भएको बताए । एक जना बिरामीको लागि ७ वटासम्म पिआरपी माग हुने गरेको जानकारी दिए ।

अहिले रेडक्रसले ७० प्रतिशतसम्म माग पूरा गर्न सकेको पनि बताए । निर्देशक गुप्ताले डेंगु बढेका कारणले पिआरपीको माग बढिरहेको भन्दै पिआरपीको माग सम्बोधन गर्न दैनिक रूपमा रगत सङ्कलन गर्नुपर्ने बताए । नजिक र पायक पर्ने ठाउँमा रक्तदान गर्न पनि रेडक्रसको तर्फबाट आह्वान गरे ।

‘अहिले दैनिक रूपमा माग पनि दशैँ तिहारले गर्दा पहिलाको तुलनामा कम देखिएको छ तर प्लेटलेट प्रोडक्ट (पिआरपी) र प्लेटलेट कन्सर्टेटको माग अत्याधिक रूपमा बढेको छ,’ उनले भने ।

उनले बढी रगत संकलनका लागि आवश्यक पहलकदमी भइरहेको पनि बताए । उनले डेंगुको महामारी जारी रहेकाले रगतको अभाव भइरहेको भन्दै सबैले रक्तदान गर्न आह्वान गरे । प्रत्येक दिन एक सयदेखि डेढ सय युनिट रगत प्लेटलेट बनाउन ब्यागमा रगत सङ्कलन गरिरहेको बताए ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  २ : १० बजे

रास्वपा प्रवक्ता झाले भने, आधा घण्टापछि प्रहरीसँग सडकमार्ग भएर सभापति पोखरा जानुहुन्छ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्न

रविलाई एमालेको जवाफ- सरकार मरेको होइन, सक्रिय भएको छ  

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले आफू

पक्राउ पुर्जी जारी भएपछि रविको टिप्पणी – ‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार

सीआईबी पार्टी कार्यालय पुगेपछि रास्वपाले भन्यो, ‘सुरक्षाकर्मीलाई सहयोग गर्नू, अवरोध नगर्नू’ 

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पक्राउ गर्न कास्की जिल्ला

‘अनुदान रकम नपाउँदा उद्योग सञ्चालनमा समस्या’

काठमाडौं– निर्यातमूलक उद्योगहरूले विगत लामो समयदेखि सरकारद्वारा घोषित निर्यात अनुदान