पक्राउ परेपछि रविले भने, ‘मैले कुनै अपराध गरेको छैन, राज्य म माथि खनियो’  « Khabarhub

पक्राउ परेपछि रविले भने, ‘मैले कुनै अपराध गरेको छैन, राज्य म माथि खनियो’ 


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले कुनै पनि अपराध नगरेको दाबी गरेका छन् ।

प्रहरीले पक्राउ गरेपछि उनले शुक्रबार पार्टी कार्यालय चमतीमा उपस्थित पत्रकार र शुभचिन्तकलाई छोटो सम्बोधन गर्दै लामिछानेले आफूमाथि पुरै राज्य खनिएको बताए ।

सभापति लामिछानेले भने, ‘अभियानको आसा भरोसामाथि  प्रहार भएको छ । म अदालती प्रक्रियालाई सम्मान गर्छु । तर राजनीतिक प्रतिरोधको हेक्का राख्छु । आदरणीय दाजुभाइ दिदी बहिनी मैले कुनै अपराध गरेको छैन । राज्यले सम्पूर्ण शक्ति लगाएर म विरुद्ध लागेको छ । म यसको डटेर सामना गर्छु ।’

रवि पार्टी कार्यालयको कार्यकक्षबाट ग्राउडमा निस्कँदा रवि दाइ हाइ हाइ भन्ने हुटिङ लागेको थियो ।

उनलाई हाल प्रहरीले पार्टी कार्यालय चमरीबाट पक्राउ गरेर पोखरा लगेको छ ।

रविलाई पक्राउ गरेपछि उपस्थित कार्यकर्ताले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवा विरुद्ध नाराबाजी गरिरहेका छन् ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ६ : ५८ बजे

सुन र चाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा केही गिरावट आएको छ ।

नेपाललाई नेदरल्यान्डले दियो १४१ रनको चुनौती

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा नेदरल्यान्डले

भरपर्दो सुरक्षा योजना बनाएर प्रहरी परिचालन : महानिरीक्षक कार्की 

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई भयरहित र निष्पक्ष

विश्वकप अभ्यास : श्रीलंकाविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौं – आइसिसी टी–२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम

पनौतीको त्रिवेणीमा स्नान गर्दै स्वस्थानीका व्रतालु (तस्बिरहरू) 

काठमाडौं– पौष शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी व्रतका व्रतालुहरूले आज काभ्रेको