सिनवारको मृत्यु भएको हमासद्वारा पुष्टि « Khabarhub

सिनवारको मृत्यु भएको हमासद्वारा पुष्टि


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हमासका एक वरिष्ठ सदस्यले आफ्नो समूहका नेता याह्या सिनवारको मृत्यु भएको पुष्टि गरेका छन् ।

एक भिडियो सन्देशमा, हमासका उपनेता खलील अल-हयाले उनको समूह प्यालेस्टिनी जनताको महत्वाकांक्षा पूरा गर्न आफ्नो मार्गमा जारी रहने बताउदै सिनवारको मृत्युले हमासलाई बलियो बनाउने बताएका हुन् ।

उनले इजरायलबाट गत वर्ष अक्टोबर ७ मा बन्धक बनाएका मानिसहरूलाई गाजामा इजरायली कारबाही समाप्त नभएसम्म र गाजा पट्टीबाट आफ्ना सेनाहरू पूर्ण रूपमा फिर्ता नगरेसम्म रिहा नगरिने बताएका छन्

सिनवारपछि अल-हया हमासका सबैभन्दा वरिष्ठ नेता हुन् । इजरायली सेनाले गाजामा उपस्थित हमास नेता याह्या सिनवार मारिएको बताएको थियो ।

इजरायलले गत वर्ष अक्टोबर ७ मा इजरायलमा हमासको आक्रमणको मुख्य षड्यन्त्रकारी सिनवारलाई भन्दै आएको छ । इजरायली सेनाका अनुसार दक्षिणी गाजामा कार्यरत सैनिकहरूले सिनवारलाई भवनभित्र मारेका थिए ।

 

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ८ : २३ बजे

बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण

काठमाडौं- भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीको घाउ अझै

भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता

भक्तपुर– जिल्ला प्रहरी परिसर भक्तपुरले गत भदौ महिनामा विभिन्न अपराधसम्बन्धी

परराष्ट्रमन्त्री खनाल न्युयोर्कतिर (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित