रविलाई स्थलमार्गबाट पोखरा लगिँदै, राजमार्गमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति « Khabarhub

रविलाई स्थलमार्गबाट पोखरा लगिँदै, राजमार्गमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


918
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शुक्रबार साँझ पक्राउ परेका पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई स्थलमार्गबाट पोखरातर्फ लगिएको छ । लामिछानेकै इच्छा अनुसार प्रहरीले उनलाई गाडीमा नै पोखरा लगेको हो ।

स्थलमार्गबाटै रविलाई पोखरातर्फ लगेकाे प्रहरीले राजमार्गको सुरक्षा अवस्था कडा बनाएको छ । राजमार्गका मुख्य बजारमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । उनको गिरफ्तारीपछि मुग्लिनमा भेला भई पोखरा हिंडेका भरतपुर र आसपासका समर्थक सवार गाडीलाई प्रहरीले जुगेडीमै रोकेको छ।

सभापति लामिछानेसँग उपसभापति डोलप्रसाद (डिपी( अर्याल , श्रीमती निकिता पौडेल, पार्टीका नेता दीपक बोहरा, पार्टीका सहप्रवक्ता प्रतिमा रावल, कोषाध्यक्ष लिमा अधिकारी गएका छन् । यस्तै निजी गाडीमा अन्य नेताहरू पनि पोखरा प्रस्थान गरेका छन् ।

लामिछानेलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टिमले पार्टी कार्यालयबाट शुक्रबार साँझ पक्राउ गरेको हो ।

पक्राउ अघि रास्वपा कार्यालय अगाडी उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले आफुले कुनै सम्झौता नगरेको कारण पक्राउ गरिएको दाबि गरेका छन् ।

उनले राज्यले आफ्नो सम्पूर्ण शक्ति लगाएर आफुलाई पक्राउ गरेको बताउदै आफ्ना कार्यकर्तालाई राज्यको यो कदमको डटेर सामना गर्न अपिल गरेका थिए ।

उनले आफुले न्यायिक प्रक्रियामा सहयोग गर्ने बताएका थिए । छोटो सम्बोधनपछि लामिछानेलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउको क्रममा पार्टी कार्यालय उपस्थित रास्वपाका कार्यकर्ताले नाराबाजी गरेका थिए ।

प्रहरीले लामिछानेलाई आजै सडकको बाटो हुदै पोखरा लैजाने भएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ९ : २२ बजे

बर्दघाटमा ट्रमा सेन्टरको स्थलगत अनुगमनमा निस्किए विनोद चौधरी

बर्दघाट– नवलपरासी (पश्चिम) क्षेत्र नं. १ का निवर्तमान सांसद एवं प्रतिनिधि

पूर्वराजा झापाबाट फर्किँदै, एयरपोर्ट परिसरमा बढाइयो सुरक्षा व्यवस्था (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास सुरक्षा व्यवस्था कडा पारिएको छ

जलजलामा १८ ठाउँमा एकैपटक शवदाहस्थल निर्माण सुरु

म्याग्दी– जिल्ला सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले पालिकाभित्र

विमानस्थलमा जुलुस, प्रदर्शन, भेलाजस्ता कार्यक्रम गर्न नपाइने

काठमाडौं– काठमाडौं प्रशासनले अतिसंवेदनशील मानिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा जुलुस,

बंगलादेशमा बीएनपी दुईतिहाइतिर, तारिक रहमानको नेतृत्वमा नयाँ सरकार बन्ने पक्का

ढाका, बंगलादेश – सन् २०२४ को जनविद्रोहपछि भएको बंगलादेशको पहिलो