वीरगञ्जको घडीअर्वा पोखरीमा छठको तयारी थालियो « Khabarhub

वीरगञ्जको घडीअर्वा पोखरीमा छठको तयारी थालियो


३ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – वीरगञ्जको घडीअर्वा पोखरीमा आसन्न छठपर्वको तयारी थालिएको छ । छठ पूजा व्यवस्थापन समिति घडीअर्वा पोखरीका अध्यक्ष दिलीप साहले विगतका वर्षमा जस्तै यस वर्ष पनि घडीअर्वा पोखरीमा छठ पूजाको तयारी थालिएको बताए।

उनले भने ,’घडीअर्वा पोखरीमा छठको पण्डाल र झिलिमिली र झकिझकाउ सजावटले पनि धेरै दर्शनार्थीलाई आकर्षित गर्दै आइरहेको छ । पण्डाल र लाइट व्यवस्थापनको जिम्मेवारी दिइसकेका छौँ ।’

तराई –मधेशका महिलाले छठ पूजा गर्नाले आफ्नो परिवार र सन्नतीको सुख समृद्धिको कामना गर्दै मनाउने गर्छन । यस वर्ष छठ पर्वको मुख्य दिन यही कात्तिक २२ गते कातिक शुक्ल षष्ठीको दिन परेको छ  । छठपर्व विशेष गरी कात्तिक शुक्ल चतुर्थीका दिनदेखि आरम्भ भएर षष्ठीको दिनसम्म मनाउने गरिन्छ ।

घडीअर्वा स्पोर्ट्स क्लबका अध्यक्ष सन्तोषकुमार साहले २०६० सालदेखि घडीअर्वा पोखरीमा छठपूजा मनाउँदै आइरहेको बताए ।

‘छडपूजा गर्ने दर्शनार्थीलाई सहज र सुलभ ढङ्गले पूजा गर्न सकियोस् भनेर नै व्यवस्थापन गर्न लागिएको हो,’ उनले भने। छठपूजा व्यवस्थापन समितिका सहसचिव प्रभाकर गुप्ता विगतका वर्षमा भन्दा पनि यो आकर्षक खालका बत्ती र पण्डाल राखिने दाबी गरे । ‘छठ पूजाको मुख्य आकर्षण भनेको नै पण्डाल हो । पण्डालमा जति धेरै आर्कषण ल्याउन सकिन्छ । त्यति नै सुन्दर र भव्य देखिनेछ,’ उनले भने ,’घडीअर्वा पोखरीमा छठको सजावट र डेकोरेसन हेर्नका लागि पनि मुलुकका विभिन्न ठाउँबाट आउने परम्परा जस्तै भइसकेको छ । अब हामीले तेस्रो मुलुकबाट आउने पर्यटकलाई पनि छठको रौनकता देखाउन जरुरी भइसकेको छ ।’

सहसचिव गुप्ताले घडीअर्वा पोखरीको सजावट र डेकेरेसनले मुलुकभरका दर्शनार्थीलाई मोहित पार्ने भएकाले पनि यस वर्ष एक लाखभन्दा धेरै दर्शनार्थीले घडीअर्वा पोखरीको अवलोकन गर्ने दाबी गरे । 

समितिका अध्यक्ष कानुले छठ पूजाको सजावट र व्यवस्थापनको लागि करिव १७ लाख खर्च लाग्ने अनुमान रहेको जानकारी दिए।‘

‘छठपर्वका लागि आवश्यक पर्ने खर्चका व्यवस्थापनको लागि ऐच्छिक रुपमा दुई सय ५० को टिकट काट्ने व्यवस्था गरेका छौँ,’ उनले भने,’छठ पर्वमा घडिअर्वा पोखरी दर्शन र पूजापाठका लागि भने कुनै शुल्क लाग्ने छैन ।’

 समितिका अनुसार विगतका वर्षमा जस्तै यो वर्ष पनि घडीअर्वा पोखरीको चारैतर्फ झिलिमिली बत्ती, पण्डाल र रङ्गीचङ्गी फूलहरूले सजावट गरिनेछ ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  १२ : ५९ बजे

विश्वकप फाइनल: स्पेन बलियो भएको सुपरकम्प्युटरको अनुमान, उपाधि रक्षा गर्ने दाउमा अर्जेन्टिना

न्युयोर्क – लामो समयदेखि जारी फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

नेपालगन्ज– खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब तीन महिनादेखि

आर्थिक गतिविधि विस्तारमार्फत जीडीपी बढाउने मधेसको योजना

जनकपुरधाम– कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा मधेस प्रदेशको करिब १३

विश्वकपमा ‘लङ-रेन्ज’ प्रहारको क्रेज: फिफाले भन्यो- खेलाडीले मैदानमा रकेट जस्तै बल प्रहार गरे

न्युयोर्क – अमेरिकामा जारी फिफा विश्वकप २०२६ मा डि-बक्स बाहिरबाट

स्याफ्रुबेसी–रसुवागढी सडक हिलाम्मे हुँदा आवागमन प्रभावित (तस्बिरहरू)

रसुवा– नेपाल–चीन व्यापारको प्रमुख स्थलमार्ग स्याफ्रुबेसी–रसुवागढी सडक अहिले चीन सरकारको