प्यालेस्टाइनी प्रशासनका राष्ट्रपतिलाई भ्लादिमिर पुटिनको निम्तो  « Khabarhub

प्यालेस्टाइनी प्रशासनका राष्ट्रपतिलाई भ्लादिमिर पुटिनको निम्तो 


३ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले प्यालेस्टाइनी प्रशासनका राष्ट्रपति महमुद अब्बासलाई ब्रिक्स समिटमा सहभागिताका लागि निमन्त्रणा पठाएका छन् ।

उनले आगामी साता हुन रूसमा हुन गइरहेको ब्रिक्स समिटमा सहभागिताका लागि निमन्त्रणा प्यालेस्टाइनी प्रशासनका राष्ट्रपति अब्बासलाई निमन्त्रणा पठाएका हुन् ।

राजधानी मस्कोमा इकोनोमिक फोरमको एक कार्यक्रम सम्बोधन गर्दै राष्ट्रपति पुटिनले आफू इजरायल र प्यालेस्टाइन दुवै देशका नेताहरूको सम्पर्कमा रहेको बताए । उनले आफूले द्वि–राष्ट्र समाधानको समर्थन गर्ने पनि बताए । 

पुटिनले रूसले सधैँ इजरायल र प्यालेस्टाइन मुद्दामा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को द्वि–राष्ट्र प्रस्तावको सम्मान गरेको पनि बताए । उनले प्रस्तावले पूर्णता पाउनु पर्नेमा जोड दिए । 

‘हामीलाई विश्वास छ कि ब्रिक्स सम्मेलनका दौरान हामी यसमाथि चर्चा गर्नेछौँ,’ राष्ट्रपति पुटिनले भने, ‘मैले प्यालेस्टाइनी प्रशासनका राष्ट्रपति महमुद अब्बासलाई  ब्रिक्स सम्मेलनमा आउन निम्तो पठाइसकेको छ् ।’

–बीबीसीबाट

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  २ : ४३ बजे

मे महिनामा भित्रिए एक लाखभन्दा बढी विदेशी पर्यटक

काठमाडौं– सन् २०२६ को मे महिनामा एक लाखभन्दा बढी विदेशी

प्रदेश प्रमुख खापुङसमक्ष प्रतिवेदन पेस

विराटनगर– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष  महालेखा परीक्षकको कार्यालयको

अष्ट्रेलियाको जनसङ्ख्या दुई करोड ८० लाख पुग्यो

सिड्नी- अष्ट्रेलियाको जनसङ्ख्या दुइ करोड ८० लाख पुगेको राष्ट्रिय तथ्याङ्क

सुदूरपश्चिमका मुख्यमन्त्री शाहविरुद्ध कांग्रेसभित्रै विद्रोह, बहुमत सांसद विपक्षमा 

काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता

राष्ट्रिय सभामा पनि विपक्षीको अवरोध, मागियो प्रधानमन्त्रीको जवाफ

काठमाडौं– राष्ट्रियसभाको बैठक स्थगित भएको छ । प्रधानमन्त्रीको सीमा सम्बन्धी