गाजामा रहेका इजरायली बन्धकलाई रिहा गर्न अलकायदाको आग्रह « Khabarhub

गाजामा रहेका इजरायली बन्धकलाई रिहा गर्न अलकायदाको आग्रह


३ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

पेरिस – अलकायदाका सम्भावित वर्तमान नेताका सल्लाहकारले गाजामा बन्धक बनाइएका इजरायली बन्धकलाई रिहा गर्न हमाससँग आग्रह गरेको अमेरिकी जिहादी निगरानी संस्था (साइट) ले जनाएको छ।

सैफ अल–अदेलका ससुरा अबु वालिद अल–मसरीका नामले समेत चिनिने मुस्तफा हमिदले शुक्रबार उक्त कुरा बताएका हुन् ।

इजरायली बन्धकहरूलाई जीवित र मृत अवस्थामा फर्काउनेतर्फ दिइएको ध्यानका कारण इजरायलले कब्जामा राखेका प्यालेस्टिनी कैदीहरूको भाग्यलाई ओझेलमा पारिरहेको हमिदले दाबी गरेका छन् ।

उनले इजरायलले बिहीबार नै मारेको घोषणा गरेका हमासका नेता याह्या सिनवारको प्रशंसा गरे । सन् २०२३ को अक्टोबर ७ मा इजरायलविरूद्ध गरिएको आक्रमणका मुख्य योजनाकार सिनवार थिए ।

वक्तव्यमा भनिएको छ, “हमासले अब ‘तत्काल’ बन्धक र उनीहरूका शवहरू फिर्ता गर्नुपर्छ र ‘लडाईँको यो अध्याय बन्द गर्नुपर्छ र फेरि खोल्नु हुँदैन, किनकि हामीलाई यसको परिणाम थाहा छ।”

“प्यालेस्टाइनी कैदीहरूको बारेमा मिडिया, छलफल वा वार्ता र प्रदर्शनमा कहीँ कसैले वास्ता गर्नेछैन,” विज्ञप्तिमा भनिएको छ।

हमासले सन् २०२३ को अक्टोबर ७ मा गरेको आक्रमणमा २५१ जनालाई बन्धक बनाएको थियो । त्यसयता कैयौँको मृत्यु भइसकेको छ भने केहीलाई डिसेम्बरको युद्धविराममा रिहा गरिएको छ भने ९७ जना अझै पनि इस्लामिक प्यालेिस्टनी लडाकू समूहको नियन्त्रणमा जीवित नै रहेको विश्वास गरिएको छ ।

सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको आक्रमणका लागि जिम्मेवार ठहरिएको अलकायदा अफगानिस्तानमा अमेरिकी नेतृत्वमा भएको आक्रमणको निशानामा परेको थियो ।

सन् २०११ मा ओसामा बिन लादेनलाई अमेरिकी विशेष फौजले छिमेकी मुलुक पाकिस्तानमा मारेको थियो । बिन लादेनका उत्तराधिकारी अयमान अल जवाहिरी सन् २०२२ को जुलाईमा अमेरिकी ड्रोन आक्रमणमा मारिएका थिए ।

नेताहरूको आक्रमणमा मृत्यु भएपनि अल–कायदाको इस्लामिक देशहरूमा छिटफुट प्रभाव छ । पूर्व इजिप्टियाली विशेष बलका लेफ्टिनेन्ट–कर्नेल रहेका नेता सैफ अल–अदेल इरानमा रहेको रिपोर्ट गरिएको छ।

एएफपीसँग परामर्श लिएका केही विज्ञका अनुसार हमिद अल–कायदाको मुख्य संगठनका उच्च पदस्थ व्यक्तिहरूसँग नजिक छन् । सिरिया, यमन, सोमालिया र मालीमा क्षेत्रीय सहयोगीहरू खडा गरेको यस समूहको इरानसमर्थित हमासमाथि खासै प्रभाव छैन। हमासले शुक्रबार गाजा युद्धको अन्त्यमा कुनै पनि बन्धकलाई रिहा नगर्ने प्रतिबद्धता जनाएको छ ।

विश्लेषकहरूका अनुसार सिनवारको कुनै उत्तराधिकारी तत्काल घोषणा नभएको र हमासको नेतृत्वमा शून्यता रहेकाले उनीहरूको रिहाईका लागि वार्ता गर्न कोही भेट्टाउन कठिन हुनेछ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  ९ : ३८ बजे

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक

काठमाडौँ – नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय

विपत् व्यवस्थापनमा भोटेकोशी बाढीले पढाएको पाठ

भनिन्छ– प्राकृतिक विपत्ति कहिल्यै निम्तो दिएर आउँदैन। बाढी, पहिरो, चट्याङ,

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर