साफ यु–१५ फुटबल– भुटानलाई हराउँदै नेपाल फाइनल नजिक « Khabarhub

साफ यु–१५ फुटबल– भुटानलाई हराउँदै नेपाल फाइनल नजिक


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा जारी पाँचौं संस्करणको साफ यु–१५ फुटबल च्याम्पियनसीपमा भुटानलाई हराउँदै नेपाल फाइनल नजिक पुगेको छ ।

बिहीबारको खेलमा नेपालले ६–० गोलले भुटानलाई स्तब्द पार्‍यो । नेपालको जीतका लागि कप्तान प्रदिप लम्लासलले २ तथा अशिम राई, सुगम जिम्मी, क्रिस सापकोटा र निराजन खत्रीले समान १–१ गोल गरे ।

भारतको कल्याणी रंगशालामा भएको खेलको शुरुवाती पाचौं मिनेटमै नेपालले १ गोलको अग्रता लिएको थियो । नेपाललाई शुरुवातमै अग्रता दिलाउन प्रदिपले पेनाल्टीमार्फत गोल गरेका थिए । त्यसपछि खेलको नवौं मिनेटमा प्रदिपले १ गोल गर्दै पहिलो हाफसम्म नेपाल २–० गोलले अगाडि रह्यो ।

खेलको दोस्रो हाफमा नेपालले थप ३ गोल गर्‍यो ।

भुटानसँगको जीतसँगै नेपालले ४ खेलबाट अंकतालिकामा ९ अंक जोडेको छ । भुटान भने सबै खेलमा पराजय भोगेर घर फर्किएको छ ।

भुटानसँगको जीतसँगै नेपालको फाइनल खेल्ने संभावना बलियो बनेको छ । यद्यपि, बंगलादेश र भारतबीच हुने खेलले त्यसको निश्चितता प्रदान गर्ने छ ।

बंगलादेशले ठूलो गोलअन्तरले भारतलाई हराए मात्रै नेपालको संभावना कमजोर हुने छ ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ३ : ५४ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी