गृह मन्त्रालयले गर्‍यो २३ जिल्लाका सिडिओको सरुवा (सूचीसहित) | Khabarhub Khabarhub

गृह मन्त्रालयले गर्‍यो २३ जिल्लाका सिडिओको सरुवा (सूचीसहित)


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृह मन्त्रालयले विभिन्न जिल्ला प्रमुख जिल्ला अधिकारी (सिडिओ)सहित ३१ जना सहसचिव र उपसचिवहरुको सरुवा गरेको छ ।

गृह मन्त्रालयले काठमाडौं जिल्लाको सिडिओको पनि सरुवा गरेको छ । काठमाडौंको नयाँ सिडियोको रुपमा जनकराज दाहाल आएका छन् । उनी यसअघि झापाको सिडिओ थिए ।

काठमाडौंका सिडिओ रामप्रसाद आचार्यको गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

गृह मन्त्रालयले काठमाडौंका अतिरिक्त धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, महोत्तरी, बारा, मकवानपुर, काभ्रे, ललितपुर, धादिङ, रुपन्देही, सुर्खेत, बाँके, कास्की र धनकुटाका सिडिओको सरुवा गरेको छ ।

यस्तै, मुस्ताङ, जाजरकोट, रुकुम पूर्वी र बझाङका सिडिओको पनि सरुवा भएको छ ।

सिडिओ सरुवा भएका धनकुटा, सप्तरी, महोत्तरी, काभ्रे र पाल्पामा भने कायमुकायम प्रमुख जिल्ला अधिकारी खटाइएको छ ।

हेर्नुहोस्, कुन जिल्ला सिडिओ कहाँ सरुवा भए ?

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ५ : २३ बजे

इतिहासमा आधारित रहेर कला र संस्कृतिलाई अगाडि बढाउनुपर्छः सभामुख घिमिरे

ललितपुर – सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले इतिहासमा आधारित

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल भदौ ८ गते आइतबार। भाद्र

आज २०८२ साल भदौ ८ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ८ गते आइतबार। भाद्र

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ