साफ महिला च्याम्पियनसिप : हारबाट जोगियो बंगलादेश « Khabarhub

साफ महिला च्याम्पियनसिप : हारबाट जोगियो बंगलादेश


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बंगलादेश जारी साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा पाकिस्तानसँग बराबरीमा रोकिएको छ । आइतबार दशरथ रंगशालामा सम्पन्न खेलमा बंगलादेश र पाकिस्तानले १–१ गोलको बराबरी खेलेका हुन् ।

खेलको पहिलो हाफमा पाकिस्तानले १–० ले अग्रता लिएकोमा बंगलादेशले खेलको ९०औं मिनेटमा गोल गर्दै खेल बराबरी गरेको थियो ।

पाकिस्तानका लागि खेलको ३१औ मिनेटमा जाहमेना मालिकले गोल गर्दै शुरुवाती अग्रता दिलाएकी थिइन् भने बंगलादेशका लागि ९०औं मिनेटमा शम्सुन्नाहरले बराबरी गोल गरेकी थिइन् ।

यो बराबरीपछि समुह ए मा रहेको पाकिस्तानको २ खेलमा एक अंक भएको छ र बंगलादेशको एक खेलमा एक अंक भएको छ । समुह ए मा पहिलो खेल जितेर भारत ३ अंकसहित शिर्ष स्थानमा छ ।

अब समुह ए बाट भारत सेमिफाइनलमा पुग्ने निश्चित भएको छ भने दोस्रो देशको टुंगो भने भारत र बंगलादेशबीचको खेलपछि लाग्ने छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ८ : २६ बजे

निरन्तरको खोजीपछि चिलिमेको सुरुङभित्र भेटिए चार शव

काठमाडौं–  नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले निरन्तर खोजी तथा

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले

महासभामा नेपालले जलवायु परिवर्तनको मुद्दा सशक्त रूपमा राख्नुपर्छ : सांसद रेग्मी 

काठमाडौं– रास्वपा सांसद धनन्जय रेग्मीले राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनको

एआई विकास सुस्त बनाउनुपर्ने बहसबीच जुकरबर्गको प्रतिवाद

एजेन्सी– मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले कृत्रिम बौद्धिकता