थारू समुदायका प्रथाजन्य कानुनलाई मान्यता दिन माग « Khabarhub

थारू समुदायका प्रथाजन्य कानुनलाई मान्यता दिन माग


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – थारू समुदायका अगुवाहरूले पुस्तौँदेखि चल्दै आएका प्रथाजन्य कानुनलाई सरकारले कानुनी मान्यता दिनुपर्ने माग गरेका छन् ।

थारू कल्याणकारिणीसभाको आयोजनामा शुक्लाफाँटा नगरपालिकामा आज आयोजित नेतृत्व विकास तथा प्रथाजन्य कानुनसम्बन्धी सचेतना कार्यक्रममा सहभागी अगुवाहरूले बरघर प्रथालाई वैधानिकता दिनुपर्नेमा जोड दिएका हुन् ।

थारू बुद्धिजीवी बलबहादुर डगौराले परम्परादेखि चल्दै आएको प्रथालाई जीवन्त राख्न कानुनी मान्यता आवश्यक रहेको बताए । उनले केही स्थानीय तहले बरघर प्रथासम्बन्धी कानुन बनाए पनि कार्यान्वयन नगरेकाप्रति असन्तुष्टि व्यक्त गरे ।

“विगतमा उपेक्षा गरिएकाले बरघर प्रणाली प्रचलित कानुनमा अटाउन सकेन । यस प्रणालीलाई समयानुकूल परिष्कृत गर्ने, कमजोरी सुधार्ने, थप अध्ययन–अनुसन्धान गर्दै सुधार गरी राम्रा पक्षलाई शासन प्रणालीमा समावेश गरी दर्शनशास्त्रका रुपमा विकसित गरिनुपर्ने हाम्रो सुझाव छ”, डगौराले भने ।

थारू कल्याणकारिणीसभाका केन्द्रीय सदस्य सीता डगौराले गाउँको न्यायनिसाफ छिन्ने, धार्मिक सांस्कृति कार्यको अगुवाइ गर्नेदेखि विकास निर्माणमा अहम् भूमिका खेल्ने बरघर प्रथालाई लोप हुनबाट जोगाउनुपर्ने दायित्व तीनवटै सरकारको भएको बताए । बरघरलाई कानुनी अधिकार प्रत्यायोजन गरी परम्परागत प्रथालाई वैधानिक बनाइनुपर्नेमा उनको जोड थियो ।

सभाका कञ्चनपुर अध्यक्ष सुनिता चौधरीले बरघरको नेतृत्व गर्ने बरघरिया, भलमन्सा, गुरुवा, केसौका, चिरक्या, चौकीदारलगायत पदाधिकारीमा कानुनी ज्ञान हुनु अति आवश्यक भएको बताए । “बरघर प्रथाभित्रको राम्रो संस्कारलाई अँगाल्नुपर्छ, कुरीति र विसङ्तिलाई छोड्नुपर्छ, यस प्रथालाई समयानुकूल बनाई परिस्कृत गरेर लैजानुपर्छ”, उनले भने ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ९ : ३६ बजे

रास्वपा महामन्त्री दौडमा रञ्जुको इन्ट्री, सोबिता उपसभापतिमा लड्ने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री पदको

निशा डाँगीद्वारा सह महामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डागीले सहममन्त्रीमा उम्मेदवारी

माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई अदालतमा उपस्थित गराउन आदेश

काठमाडाैं – पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल जोडिएको पतन्जली योग विद्यापिठ जग्गा

विराजभक्तले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं – केन्द्रीय सदस्यमा निर्वाचित भएपछि ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले उपसभापतिमा

रिमा विश्वकर्माले सहमहामन्त्रीमा उम्मेदवारी दिने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन चितवनमा