थारू समुदायका प्रथाजन्य कानुनलाई मान्यता दिन माग « Khabarhub

थारू समुदायका प्रथाजन्य कानुनलाई मान्यता दिन माग


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – थारू समुदायका अगुवाहरूले पुस्तौँदेखि चल्दै आएका प्रथाजन्य कानुनलाई सरकारले कानुनी मान्यता दिनुपर्ने माग गरेका छन् ।

थारू कल्याणकारिणीसभाको आयोजनामा शुक्लाफाँटा नगरपालिकामा आज आयोजित नेतृत्व विकास तथा प्रथाजन्य कानुनसम्बन्धी सचेतना कार्यक्रममा सहभागी अगुवाहरूले बरघर प्रथालाई वैधानिकता दिनुपर्नेमा जोड दिएका हुन् ।

थारू बुद्धिजीवी बलबहादुर डगौराले परम्परादेखि चल्दै आएको प्रथालाई जीवन्त राख्न कानुनी मान्यता आवश्यक रहेको बताए । उनले केही स्थानीय तहले बरघर प्रथासम्बन्धी कानुन बनाए पनि कार्यान्वयन नगरेकाप्रति असन्तुष्टि व्यक्त गरे ।

“विगतमा उपेक्षा गरिएकाले बरघर प्रणाली प्रचलित कानुनमा अटाउन सकेन । यस प्रणालीलाई समयानुकूल परिष्कृत गर्ने, कमजोरी सुधार्ने, थप अध्ययन–अनुसन्धान गर्दै सुधार गरी राम्रा पक्षलाई शासन प्रणालीमा समावेश गरी दर्शनशास्त्रका रुपमा विकसित गरिनुपर्ने हाम्रो सुझाव छ”, डगौराले भने ।

थारू कल्याणकारिणीसभाका केन्द्रीय सदस्य सीता डगौराले गाउँको न्यायनिसाफ छिन्ने, धार्मिक सांस्कृति कार्यको अगुवाइ गर्नेदेखि विकास निर्माणमा अहम् भूमिका खेल्ने बरघर प्रथालाई लोप हुनबाट जोगाउनुपर्ने दायित्व तीनवटै सरकारको भएको बताए । बरघरलाई कानुनी अधिकार प्रत्यायोजन गरी परम्परागत प्रथालाई वैधानिक बनाइनुपर्नेमा उनको जोड थियो ।

सभाका कञ्चनपुर अध्यक्ष सुनिता चौधरीले बरघरको नेतृत्व गर्ने बरघरिया, भलमन्सा, गुरुवा, केसौका, चिरक्या, चौकीदारलगायत पदाधिकारीमा कानुनी ज्ञान हुनु अति आवश्यक भएको बताए । “बरघर प्रथाभित्रको राम्रो संस्कारलाई अँगाल्नुपर्छ, कुरीति र विसङ्तिलाई छोड्नुपर्छ, यस प्रथालाई समयानुकूल बनाई परिस्कृत गरेर लैजानुपर्छ”, उनले भने ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ९ : ३६ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते