रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमिति पुनर्गठन « Khabarhub

रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमिति पुनर्गठन


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमिति ५२ सदस्यीय बनेको छ । यही कात्तिक २ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले मौजुदा कार्यसमितिमा वरिष्ठ उपाध्यक्षसहित १७ सदस्य मनोनय गरेको हो ।

बैठकले वरिष्ठ उपाध्यक्षमा चन्द्रकला कार्कीसहित अन्य सदस्य मनोनयन गरेको सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले जानकारी दिए । यसअघि नेपाल रेडक्रसमा ३५ सदस्यीय कार्यसमिति थियो ।

बैठकले आगामी मङ्सिर २६ र २७ गते विधान महाधिवेशनको आह्वानसमेत गरेको छ । नेपाल रेडक्रसलाई थप एकताबद्ध बनाउन गरिएका प्रयासलाई विधान अधिवेशनबाट व्यवस्थित गरिने महामन्त्री श्रेष्ठको भनाइ छ ।

उनले विधान महाधिवेशनबाट निर्वाचन गरी अहिले देखिएका मतभेदलाई अन्त्य गर्ने दुवै पक्षबीच सहमति भएको बताए ।

संस्थाको सुदृढीकरण, संस्थामा लामो समयदेखिको विवादलाई अन्त्य गर्नका लागि र सामूहिक प्रतिबद्धतासहितका सुधारका कार्यहरू अगाडि बढाउने बैठकको निर्णय छ ।

अध्यक्ष प्रा. सुदर्शनप्रसाद नेपालले सबै सरोकारवालासँगको निरन्तर संवाद, छलफल, सहमतिलाई निरन्तरता दिँदै वैधानिक र दीर्घकालीन रूपमा समस्या समाधान गर्न वर्तमान कार्यसमिति समिति प्रतिबद्ध रहेको स्पष्ट पारे ।

वर्तमान कार्यसमितिको विपक्षमा रहेका पक्षले केन्द्रीय कार्यसमितिको गठन, निर्वाचन तथा यससँग सम्बन्धित अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने प्रक्रिया अगाडि बढिसकेको उनले जानकारी दिए ।

संस्थाको मौजुदा विधानमा मुलुकको सङ्घीयतासँग अनुकूलन, समावेशीकरण, रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घको मापदण्डसँग सामञ्जस्यतालगायत आधारमा समसामयिक सुधारका लागि एक समिति गठन गरिएको अध्यक्ष नेपालले जानकारी दिए ।

उनले संसारका अधिकांश मुलुकमा छुट्टै कानुनद्वारा रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटी सञ्चालन भइरहेका सन्दर्भमा नेपालमा हालसम्म पनि रेडक्रस ऐन जारी हुन नसकाले सरकारसँग समन्वय र सहयोगका लागि सो समिति गठन गरिएको बताए ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  १२ : १८ बजे

अन्तर्राष्ट्रिय फुटबलबाट बाहिरिने तयारीमा लेवान्डोव्स्की : लेखे भावुक पोस्ट

काठमाडौँ – पोल्यान्डका कप्तान तथा कीर्तिमानी स्ट्राइकर रोबर्ट लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय

आजको मौसम पूर्वानुमान: पहाडी तथा हिमाली क्षेत्रमा वर्षा, तराईमा हुरीको चेतावनी

काठमाडौँ – हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव

‘खुला पाठशाला’ : पिपलको फेदमा बोरा ओछ्याएर चन्द्र सरको निःशुल्क ट्युसन कक्षा

धरान- इटहरीस्थित टेङ्ग्रा खोलाको किनार छेवैको एउटा गल्ली । पिपलको

सञ्चारमन्त्रीको निर्देशनपछि सार्वजनिक बिदाको दिन पनि हुलाकबाट सेवा लिन सकिने

काठमाडौँ – सार्वजनिक बिदाको दिन पनि हुलाक कार्यालयमार्फत विदेशमा सामान

डलरको मूल्य घट्यो : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर