वीरगञ्ज भन्सार कार्यालयको राजस्व संकलनमा सुधार | Khabarhub Khabarhub

वीरगञ्ज भन्सार कार्यालयको राजस्व संकलनमा सुधार


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

पर्सा– वीरगञ्ज भन्सार कार्यालयमा हुने राजस्व संकलनमा क्रमिक सुधार देखिएको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा भन्सार कार्यालयले रु २२ करोडभन्दा बढी राजस्व संकलन गरेको छ । 

गत आर्थिक वर्षको असोजसम्म कार्यालयले ३८ अर्ब ८५ करोड ३१ लाख राजस्व संकलन गरेकामा चालु आवको सोही अवधिमा कार्यालयले रु ३९ अर्ब सात करोड ३९ लाख राजस्व संकलन गरेको हो ।

यद्यपि कार्यालयले चालु आवको असोजसम्म रु ५२ अर्ब ९९ करोड ६३ लाख राजस्व संकलनको लक्ष्य लिएको थियो । हाल संकलन भएको राजस्व लक्ष्यभन्दा २६ प्रतिशतले कम रहेको कार्यालयका सूचना अधिकारी राघुलाल कर्णले जानकारी दिए। 

गत आर्थिक वर्षको पहिलो तीन महिनामा कार्यालयले ५६ अर्ब ८४ करोड ६३ लाख राजस्व संकलन गर्न लक्ष्य लिएकामा ३२ प्रतिशत कम राजस्व संकलन गरेको थियो  । 

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  २ : ५६ बजे

टिकटकद्वारा सयौँ कर्मचारी कटौती

काठमाडौं – सामाजिक सञ्जाल टिकटकले सयौँको सङ्ख्यामा कर्मचारी कटौती गरेको

राहत र पुनःनिर्माण प्रभावकारी बनाउनुपर्छ : हरिबोल गजुरेल

पाँचथर । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव हरिबोल गजुरेलले बाढीपहिरोले अत्यधिक

अर्थमन्त्री पौडेल अमेरिका प्रस्थान गर्दै

काठमाडौं – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल विश्व बैंक समूह

माल्दिभ्सको पोष्टमा नेपालको गोल वर्षा, रेखा एक्लैले गरिन्‌ ५ गोल

काठमाडौं – नेपालले साफ महिला च्याम्पियनसिप अन्तर्गत माल्दिभ्सविरुद्ध शानदार जित

अष्ट्रेलिया भ्रमणमा रहेका बेलायती राजा चार्ल्सको विरोधमा नाराबाजी

काठमाडौं – अष्ट्रेलिया भ्रमणमा रहेका बेलायती राजा चार्ल्सको विरोध भएको