'पूर्वाधार निर्माणको अध्ययन र डिजाइनमा समस्या' | Khabarhub Khabarhub

‘पूर्वाधार निर्माणको अध्ययन र डिजाइनमा समस्या’


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पूर्वाधार निर्माणको अध्ययन र डिजाइनमा केही समस्याहरू देखिएको बताएका छन् ।

सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा मन्त्री दाहालले सडक, पहल लगायतका संरचना निर्माण गर्दा अध्ययन र डिजाइनमा केही समस्याहरू देखिएको बताएका हुन् । 

अहिलेको अवस्थामा संरचनाहरू बाढी पहिरोका बेला थेग्न सक्ने छ की छैन भन्ने विषय गम्भीर देखिएको उनले बताए । 

मन्त्री दाहालले इन्जिनियर, भूगर्भविद, वातावरणविद्को भूमिका देशमा कमजोर जस्तो देखिएकाले पूर्वाधार निर्माणको सर्वे र डिजाइनमा पुनर्विचार गर्नुपर्ने धारणा राखे ।

उनले हालैको बाढी पहिरोका कारण सडकतर्फ १४ अर्ब ३४ करोड र पुलतर्फ ९५ करोडको क्षति भएको जानकारी दिए । मन्त्री दाहालले विकासका लागि विद्यमानहरु बाधक रहेको उल्लेख गरे। उनले सरकारले १०० दिनमा राखेको लक्ष्य अनुसार मन्त्रालयले काम गरिरहेको बताए ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ३ : १३ बजे

चितवनको गाईघाट दुर्घटनामा २१ जना घाइते

चितवन– भरतपुर महानगरपालिका– २९ गाइघाटमा सातवटा सवारीसाधन एकापसमा ठोक्किँदा २१

जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै उत्कृष्ट

पर्वत– गृह मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै

बर्दिया र कैलालीको सान चिसापानी पुल (तस्बिरहरू)

कर्णाली– एउटा मात्रै पिल्लरबाट बनेको केबुल तारयुक्त पाँच सय मिटर

कांग्रेस केन्द्रीय समिति बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत