राहत र पुनःनिर्माण प्रभावकारी बनाउनुपर्छ : हरिबोल गजुरेल « Khabarhub

राहत र पुनःनिर्माण प्रभावकारी बनाउनुपर्छ : हरिबोल गजुरेल


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

पाँचथर । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव हरिबोल गजुरेलले बाढीपहिरोले अत्यधिक क्षति पु¥याएकाले राहत र पुनःनिर्माणलाई प्रभावकारी बनाइनुपर्ने बताएका छन् ।

गत असोज १० देखि १२ गतेसम्मको अविरल वर्षासँगै आएको बाढीपहिरोबाट प्रभावितस्थल निरीक्षणपछि आज फिदिममा पत्रकारसँग कुराकानी गर्दै गजुरेलले प्रभावित जनताको जीवनयापन सहज बनाउन सरकार गम्भीर बन्नुपर्ने बताए।

“यस पटक बाढीपहिरोले जनताको कुनै धनमाल र जग्गाजमिन बाँकी नराखेको देखियो । यसमा सरकारका तर्फबाट प्रभावकारी राहत प्याकेज ल्याइनुपर्छ”, उनले भने, “परम्परागत राहत वितरणले प्रभावित जनताको जीवन रक्षा हुन नसक्ने देखियो ।”

उपमहासचिव गजुरेलले बाढीपहिरोले गरेको क्षति हेरेपछि मन नअडिने अवस्था रहेको बताए । पाँचथरमा विसं २०७८, ०८० र यस वर्ष निरन्तर बाढीपहिरोले क्षति गरेकाले सरकारले विशेषरुपमा सम्बोधन गर्नु आवश्यक रहेको उनको भनाइ छ ।

पाँचथरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्बाङ अस्वस्थ भई आवाज उठाउन नसक्ने भएको तथा पाँचथरबाट सङ्घीय संसद्मा अन्य प्रतिनिधि नरहनु भएकाले यहाँको आवाज सङ्घीय सरकारले नसुनेको अनुभूति भएको उनको धारणा थियो । “यसैका लागि बाढीपहिरोले गरेको क्षतिको अवस्था हेर्न हामी आएका हौँ”, उनले भने ।

पाँचथरमा धेरै सडक पुल निर्माण, बस्ती स्थानान्तरणको आवश्यकता देखिएकाले सरकार गम्भीर भइ आवश्यक पहल थाल्नुपर्ने नेता गजुरेलको भनाइ छ । उनले विपद्बाट प्रभावित यहाँका स्थानीय तह फिदिम नगरपालिका, फालेलुङ र फाल्गुनन्द गाउँपालिकालाई ‘ख’ र ‘ग’ वर्गमा नभइ ‘क’ वर्गमा राख्न माग गरे ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ८ : ४५ बजे

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ

बाढीमा मृत्यु तथा बेपत्ता राष्ट्रसेवकका परिवारलाई २५ हजार राहत

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु तथा

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर