टिकटकद्वारा सयौँ कर्मचारी कटौती « Khabarhub

टिकटकद्वारा सयौँ कर्मचारी कटौती


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सामाजिक सञ्जाल टिकटकले सयौँको सङ्ख्यामा कर्मचारी कटौती गरेको छ । यो निर्णयले टिकटकमा काम गर्ने विश्वका विभिन्न मुलुकमा रहेका कर्मचारी प्रभावित भएका छन् ।

कम्पनीले टिकटकमा पोस्ट गरिने कन्टेन्टको निगरानी गर्ने जनशक्ति कटौती गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । कन्टेन्ट निगरानी कार्यलाई थप प्रभावकारी बनाउनका लागि कर्मचारी कटौती गरिएको बाइटडान्सले उल्लेख गरेको छ ।

टिकटकले स्वचालित विधिसँगै कर्मचारीका माध्यमबाट पनि कन्टेन्टको निगरानी गर्दै आएको छ । यद्यपि नियमविपरीत पोस्ट गरिने ८० प्रतिशत कन्टेन्ट भने प्रविधिका माध्यमबाट स्वचालित रुपमा आफैँ हट्ने गरेको कम्पनीले जनाएको छ ।

बाइटडान्सका अनुसार संसारका २ सयभन्दा धेरै शहरमा कम्पनीका १ लाख १० हजारभन्दा धेरै कर्मचारी कार्यरत छन् । कम्पनीले प्रयोगकर्ताको विश्वास हासिल गर्नका लागि गोपनियताको सुरक्षामा यस वर्ष २ अर्ब डलरभन्दा धेरै लगानी गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ८ : ५४ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक