खुकुरी प्रहार गरी फरार दुई आरोपी पक्राउ « Khabarhub

खुकुरी प्रहार गरी फरार दुई आरोपी पक्राउ


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

बागमती – मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ जरुवाटोल घर भई १० टिसिएनरोड बस्ने एक युवकमाथि खुकुरी प्रहार गर्ने दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

आफ्नै डेरामा बसिरहेको अवस्थामा स्थानीय २२ वर्षीय रोनक खड्केलाई आइतबार मोटरसाइकलमा आएका तीन जनाले अश्लिल शब्द प्रयोग गरी ज्यान मार्ने उद्देश्यले टाउको, अनुहार, गर्धन तथा शरीरका विभिन्न भागमा खुकुरी प्रहार गरी घाइते बनाएका थिए ।

खुकुरी प्रहार गरी फरार रहेकाको पहिचान एवं खोजतलास गर्ने क्रममा घटनामा संलग्न रहेको आरोपमा हेटौँडा उपमहानगरपालिका–११ निवासी २९ वर्षीय विशाल तामाङ, १८ वर्षीय सनिस घिमिरेलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्याम अर्यालले जानकारी दिए।

पक्राउ परेकालाई ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको उनले बताए । सो घटनामा संलग्न थप एक जनाको खोजतलास भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  १० : ०० बजे

आठ खर्ब लाग्ने पुनःनिर्माणका लागि कसरी जुटाउला सरकारले स्रोत ?

काठमाडौं- भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले निकै

प्राप्त सुझावलाई प्राथमिकतामा राखेर काम गर्छौँ : मन्त्री पोखरेल

सप्तरी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेसका जिल्लाका विद्यार्थी, अभिभावक, जनप्रतिनिधि

नहरमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिकामा महाकाली सिँचाइको नहरमा डुबेर एक बालकको मृत्यु

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले दुईवटा

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड