सरकारको कार्यशैली राज्य व्यवस्थामाथि नै खतरनाक संकेत : नेता निधी | Khabarhub Khabarhub

सरकारको कार्यशैली राज्य व्यवस्थामाथि नै खतरनाक संकेत : नेता निधी


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले सरकारका पछिल्ला कार्यशैली मुलुकको समग्र राज्य सञ्चालन व्यवस्थामाथि नै खतरनाक संकेतको रुपमा आएको बताएका छन् ।

राजधानीमा बिहीबार आयोजित युवा र राजनीति विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै उनले कार्यपालिका प्रमुख विदेश जानुपर्ने भएपछि भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद् बैठक बस्न सक्ने गरी कानूनमै संशोधन गरिनु सिंगो व्यवस्थामाथिको प्रहार भएको बताएका हुन् । उनले अधिनायकवादी प्रवृत्तिबाट कानून नै परिर्वतन गरेर मन्त्रिपरिषद् बैठक सञ्चालन गर्न नपाईने भन्दै तत्काल कार्यविधि सच्याउन सरकारलाई चेतावनी दिए ।

उनले भने, “कार्यपालिकाको प्रमुख बिरामी परेर विदेश जानुभयो । त्यो पनि कानूनमै संशोधन गरेर । देशका कानूनलाई अवैधानिक तरिकाले देश विरोधी मानसिकताबाट, लोकतन्त्र विरोधी मानसिकताबाट, अधिनायकवादी प्रवृत्तिबाट कानून परिर्वतन गरेर मन्त्रिपरिषद् बैठक सञ्चालन गर्न पाइँदैन । यो खतरनाक संकेत हो ।”

सरकार प्रणालीमा टेकेर प्रणालीलाई नै सिध्याउँने खेलमा लागेको भन्दै उनले कम्युनिस्ट स्टेट विरुद्धको आन्दोलनका लागि तयारी अवस्थामा रहन युवाहरुलाई निर्देशन दिए ।

उनले सरकारले नयाँ विधेयकहरुमा पनि सम्पूर्ण अधिकार प्रधानमन्त्रीमा निहित हुने गरी व्यवस्था गरेको आरोप पनि लगाए ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ६ : ३१ बजे

संघीयताविरुद्ध षड्यन्त्र हुँदै छ : प्रचण्ड 

धनगढी– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै उस्तै

मोदीको असफल छिमेक नीति : ‘नेबरहुड फर्स्ट’ देखि ‘लस्ट’ सम्म

काठमाडौं– घटना सन् २०१४ मे २६ सोमबारको हो । भारतको

मखन-इन्द्रचोकको बाटो नबन्दा यात्रुलाई सास्ती (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको मखनदेखि इन्द्रचोक जाने बाटोमा पैदल यात्रुलाई हिँड्न समस्या

विश्व मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक

काठमाडौं– सन् २०२४ मा विश्व मानवअधिकारको अवस्था  चिन्ताजनक रहेको विश्व