हाइटी गिरोहको आक्रमणमा दुई जनाको मृत्यु « Khabarhub

हाइटी गिरोहको आक्रमणमा दुई जनाको मृत्यु


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– हाइटीका गिरोहहरूले राजधानी पोर्ट –आउ–प्रिन्समा आक्रमण गर्दा आठ महिनाको गर्भवती महिलासहित दुई महिलाको मृत्यु भएको नागरिक सुरक्षा विभागले जनाएको छ । 

साथै सो आक्रमणमा पाँच हजार मानिस विस्थापित भएका छन् । लामो समयदेखि गिरोह हिंसाबाट ग्रस्त रहेको हाइटीमा हालैका महिनामा हिंसा तीव्र हुँदै गइरहेको छ जसले देशको मानवीय, सुरक्षा र राजनीतिक सङ्कटलाई अझ बढाएको छ । 

एएफपीलाई प्रदान गरिएको आंशिक जानकारी अनुसार दक्षिणी सोलिनो जिल्लामा ‘भिभ अन्सानम’ (लिभिङ टुगेदर) गठबन्धनभित्रका गिरोहले गरेको आक्रमणमा ती दुई महिलाको मृत्यु भएको हो । 

‘उनीहरूलाई उनीहरूको घरभित्रै मारिएको थियो’, नागरिक सुरक्षा प्रतिवेदनले जनाएको छ । प्रतिवेदनमा जलेका घर र सवारीसाधनको पनि वर्णन गरिएको छ । 

यस महिनाको सुरुदेखि नै पोर्ट–आउ–प्रिन्सका धेरै जिल्लालाई गिरोहहरूले लक्षित गर्दै आएका छन्, र सोमबार दिउँसो सोलिनोमा आक्रमण भएको हो ।  

गिरोहले ल ‘एस्टेरमा रहेको विद्यालयमा पनि आक्रमण गरेका छन् । उक्त आक्रमणमा एक अभिभावकको हत्या हुनुका साथै विद्यालयका थुप्रै बालबालिका घाइते भएका छन् । 

अक्टोबरको सुरुमा पोन्ट–सोन्डे सहरमा भएको गिरोहको आक्रमणमा कम्तीमा एक सय ९ जनाको मृत्यु भएको थियो भने ४० जनाभन्दा बढी घाइते भएका थिए । हाइटीमा शक्तिशाली गिरोहहरूले पोर्ट–अ–प्रिन्स र देशका मुख्य सडकहरूको ८० प्रतिशत नियन्त्रण लिएका छन् ।  

मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तले सेप्टेम्बरको अन्त्यमा उद्धृत गरेको तथ्यांकअनुसार जनवरीदेखि हाइटीमा भएको गिरोह हिंसाका कारण कम्तीमा तीन हजार ६६१ जनाको मृत्यु भएको छ । 

आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन(आइओएम) का अनुसार हिंसाले निम्त्याएको मानवीय भयका कारण ७ लाखभन्दा बढी मानिसहरूलाई आफ्नो घर छोड्न बाध्य भएका छन्  ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  १२ : ४४ बजे

सभामुख र संसदीय समिति सभापतिबीच छलफल

काठमाडौं – सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा, राष्ट्रियसभा तथा संयुक्त

पश्चिम बंगालमा तृणमूलको गढ भत्किँदा केरलामा वाम पत्तासाफ, तामिल नाडुमा थलपति विजयको अभूतपूर्व उदय

काठमाडौं- भारतका विभिन्न ५ राज्य तथा केन्द्रशासित क्षेत्रमा सम्पन्न विधानसभा

जब उपचार कुरिरहेका वृद्ध वीर अस्पतालमा लाइन बस्दा-बस्दै ढले…

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको शक्तिशाली सरकारले देशभरका सरकारी कार्यालयबाट

सचिवालयको स्पष्टीकरण : प्रधानमन्त्रीले सञ्चारकर्मीलाई भिडियो खिच्न रोक्न निर्देशन दिएको होइन

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा सञ्चारकर्मीलाई भिडियो खिच्न अवरोध

सार्वजनिक सेवा प्रसारण नेपालद्वारा पहिलो वार्षिक प्रतिवेदन पेस

काठमाडौं– सार्वजनिक सेवा प्रसारण नेपालले आफ्नो पहिलो वार्षिक प्रतिवेदन नेपाल