ग्रामीण बस्तीमा कालोपत्र सडक, यातायात सञ्चालनमा सहज « Khabarhub

ग्रामीण बस्तीमा कालोपत्र सडक, यातायात सञ्चालनमा सहज


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज – जानकी र खजुरा गाउँपालिकाका ग्रामीण सडक कालोपत्रे भएका छन् । कालोपत्र भएपछि ग्रामीण क्षेत्रका बस्तीमा यातायात सञ्चालन गर्न सहज भएको छ ।

जानकी गाउँपालिका–२ बेलभारदेखि वडा नं १ को शिवपुरीलगायत र खजुरा गाउँपालिका–१ जलपोखरी, सैनिकलगायत ग्रामीण भेगका बस्तीमा सडक कालोपत्र गरिएका छन् । 

ग्रामीण बस्ती कालोपत्र भएपछि नेपालगञ्ज बजारसँग प्रत्यक्ष जोडिँदा स्थानीय सडक सुविधाबाट लाभान्वित भएको जानकी गाउँपालिका–२ का वडासदस्य अमरबहादुर थापाले बताए।

‘सडक कालोपत्र नहुँदा धेरै दुःख थियो अहिले सबैलाई आवतजावत गर्न सजिलो भएको छ’, उनले भने। थापाले सडकका कारण स्थानीय बजारको समेत प्रवर्द्धन भएको बताए। बेलभारदेखि शिवपुरीसम्म तीन किलोमिटर दूरी छ भने शिवपुरीदेखि नेपालगन्ज पुग्न करिब १० किलोमिटर छ । 

जानकी गाउँपालिकाका सब इन्जिनियर विवेक श्रेष्ठले सडक पूर्वाधार कार्यालय र स्थानीय सरकारको साझेदारीमा सडक कालोपत्र भएको जानकारी दिँदै वर्षामा यात्रुले भोग्ने सास्तीको अन्त्य भएको बताए। 

खजुरा गाउँपालिका–२ का वडाध्यक्ष धनराम ओली क्षेत्रीले गाउँपालिका–१, २ र ३ का ग्रामीण भेगमा ५७ किलोमिटर सडक निर्माण भएको बताए।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  २ : २७ बजे

सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी बढे

काठमाडौं– विगत पाँच वर्षमा क्यान्सरका बिरामी करिब दोब्बरले बढेका छन्

वाग्मती सफाइ महाअभियान ६८५ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार

लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

भैरहवा– भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत

काठमाडौं– चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा