'अन्तर व्यवस्थापिका संघको महासभामा नेपालको सहभागिता उपलब्धीमूलक' | Khabarhub Khabarhub

‘अन्तर व्यवस्थापिका संघको महासभामा नेपालको सहभागिता उपलब्धीमूलक’


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले अन्तर व्यवस्थापिका संघको १४९ औँ  महासभामा  नेपालको सहभागिता उपलब्धीमूलक रहेको बताएका छन् ।

मंगलबार सिंहदरबारमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले नेपालको संघीय संसदको नेतृत्व गर्दै स्विट्जरल्याण्डको जेनेभामा भएको महासभाको  भ्रमण फलदायी रहेको जानकारी दिए ।

 शान्तिपूर्ण र दिगो भविष्यका लागि विज्ञान र प्रविधि र नवप्रर्वतनमा समतामुलक पहुँचलाई आम हितमा जानुपर्छ भन्ने विषयलाई गम्भीरताका साथ महासभामा उठाएको उनले बताए । 

जलवायु परिवर्तनका कारण नेपालजस्तो अति कम विकसित राष्ट्रहरूले भोगिरहेको समस्या र क्षतिको न्युनीकरण गर्ने बारेमा विश्व समुदायको ध्यानाकर्षण गराइएको उनले जानकारी दिए । महासभाको बैठकमा  विभिन्न राष्ट्रका प्रतिनिधिहरूसँग भएको साइडलाईन भेटवार्ता पनि उपलब्धि भएको उनले जिकिर गरे ।

यस्तै उनले नेपालको संविधान, निर्वाचन प्रणाली संसदमा, प्रतिनिधित्व संसदीय समितिहरू तथा अन्य प्रतिनिधि मण्डलमा महिला युवा लगायतका विषयगत समितिमा सम्बोधन गर्ने विषयमा जोड दिएको  बताए । 

आइपीयुको सचिवालयमा प्रतिनिधि मण्डलको सहभागिता मात्र नभई नेपाललाई पनि  काम गर्ने अवसर दिन आग्रह गरिएकोमा महासभाका अध्यक्षले सकारात्मक देखाएको उनले जिकिर गरे । गत असोज १७  देखि कात्तिक १ गतेसम्म जेनेभामा भएको महासभामा ९ सदस्यीय  टोलीको नेतृत्व गर्दै अध्यक्ष दाहालले  सहभागिता जनाएका हुन् ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ५ : १७ बजे

जम्मा गर्नुस् एक लाख रुपैयाँ, ७७ कम्पनीले ल्याउँदैछन् आईपीओ

काठमाडौं – पुँजीबजार नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन) ले करिब

सर्वोच्चले छोड्न मानेन दुर्गा प्रसाईंलाई

काठमाडौं – साइबर अपराधको कसुरमा पक्राउ परेका भाइरल मेडिकल व्यवसायी

युद्ध विरामपछि बेरुतका विस्थापित बासिन्दा घर फर्के

एजेन्सी – युद्धविराम लागू भएपछि द्वन्द्वका कारण क्षति भएको बेरुतको

जुम्लामा सञ्चालित शिविरबाट छ सय १६ जनाले लिए सेवा

जुम्ला– जिल्लाको तिला गाउँपालिका र हिमा गाउँपालिकामा सञ्चालित दुईदिने निःशुल्क

अब मोबाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दै छ चमत्कार

काठमाडौं– टेक्नोलोजी हरेक दिन थप उन्नत हुँदै छ। एलोन मस्कको