वैतेश्वरमा ३ वर्षे खाद्य तथा पोषण सुरक्षा कार्यक्रम सुरु, १ सय १६ वटा समूह छनोट    « Khabarhub

वैतेश्वरमा ३ वर्षे खाद्य तथा पोषण सुरक्षा कार्यक्रम सुरु, १ सय १६ वटा समूह छनोट   


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकामा खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना अन्तर्गत वैतेश्वर गाउँपालिकाका ८ वटै वडामा ३ वर्षे खाद्य तथा पोषण सुरक्षा सुधार कार्यक्रम सुरु गरिएको छ।

फ्रेन्डसीपले वैतेश्वर गाउँपालिका भित्रका ८ वडामा कृषि,पशुपन्छी पालन,पोषण,बाली प्रवर्द्धन लगायतका क्षेत्र काम गर्ने गरी एक सय १६ वटा समूह बनाएर काम सुरु गरेको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लस्टर इकाई( फ्रेन्डसीपका)कृषि अधिकृत गोविन्द मगरले जानकारी दिए ।

आयोजनाले मंगलबार वैतेश्वर गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीसँग अभिमुखीकरण कार्यक्रम राखेर वैतेश्वरमा गत साउन देखिनै स्थलगत सर्भे, उपभोक्ता छनोट गरी समूह गठन लगायतका  कार्य सकेर कार्यक्रम सुरु गरेको उनले बताए।

आयोजनाले दोलखाका दुई वटा वैतेश्वर र मेलुङ गाउँपालिकामा आगामी ३ वर्षसम्म कार्यालय स्थापना गरेर  खाद्य, पोषण, कृषि, पशुपन्छी पालन, दुग्ध उत्पादन, बाली प्रवर्द्धन, साना सिंचाइ लगायतका क्षेत्रमा लगानी गरेर काम गर्ने जनाएको छ ।

जसअनुसार उक्त कार्यक्रमको लागि यस वर्ष वैतेश्वरमा ३ करोड ७० लाख बराबरको कार्यक्रम गर्ने अनुमान गरेको छ।

बैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाको अध्यक्षयता सञ्चालित अभिमुखीकरण कार्यक्रममा वैतेश्वर गाउँपालिकाकी उपाध्यक्ष कल्पना उप्रेती, प्रमुख प्रशासकीय अधिकृत महेश पौडेल, वडा अध्यक्षहरू, कृषि प्राविधिक लगायतले वैतेश्वरमा सञ्चालन हुने कार्यक्रमहरूको सन्दर्भमा आफ्नो जिज्ञासा राखेका थिए ।

त्यस्तै ३ वर्षसम्म आयोजना मार्फत सञ्चालन हुने कार्यक्रमको सहजीकरण आयोजनाका कृषि अधिकृत गोविन्द मगरले गरेका थिए ।

अन्तरक्रिया कार्यक्रममा पालिका भित्र कृषि तथा पशुजन्य बस्तुको उत्पादन र उत्पादकत्वमा वृद्धि गरी खाद्य सुरक्षामा सहयोग, जलवायु तथा पोषण मैत्री कृषि प्रविधिकरणहरुको अनुसरण र प्रचार तथा सान कृषकहरूको क्षमता अभिवृद्धि उत्पादन तथा आयआर्जन र विविधीकरण प्रवर्द्धन गरी बजारमा पहुँच बनाउने साथै सुनौला हजार दिनका आमाहरू र ६ देखि २४ महिना सम्मका बच्चाहरूको पोषण स्थितिमा सुधार ल्याउने, स्थानीय खेतीबाली प्रवर्द्धन कार्यक्रम रहने तथा स्थानीयलाई आत्मनिर्भर बनाउन नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लस्टर इकाई सिन्धुपाल्चोकले जनाएको छ ।

आयोजनाको उक्त कार्यक्रममा वैतेश्वरका दुई हजार दुई सय ३० जना कृषकलाई समावेश गरेर एक सय १६ वटा समूह बनाइएको छ।
-सुबास बस्नेत

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ६ : २९ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी