भारतीय प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति पुटिनबीच भेट | Khabarhub Khabarhub

भारतीय प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति पुटिनबीच भेट


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच फेरि भेटवार्ता भएको छ । ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन रूस पुगेको मोदीले पुटिनसँग मंगलबार द्विपक्षीय भेटवार्ता गरेका हुन् । 

भेटका क्रममा भारतीय प्रधानमन्त्री मोदीले पुटिनसँग रूस–युक्रेनबीच जारी युद्धबारे कुराकानी गरेको बीबीसीको हिन्दी अनलाइन संस्करणले जनाएको छ । 

‘रूस र युक्रेनबीच जारी संघर्षको  विषयमा हामी लगातार सम्पर्कमा छौँ,’ मोदीले पुटिनसँग भने, ‘समस्याको समाधान शान्तिपूर्ण तरिकाले हुनुपर्छ भन्ने हाम्रो मान्यता रहिआएको छ ।’ 

जवाफमा रूसी राष्ट्रपति पुटिनले गत जुलाईमा भएको भेटका क्रममा भएको कुराकानी र टेलिफोनमा गरिएको कुराकानी आफूलाई स्मरण रहेको बताए। 

‘मलाई जुलाई महीनामा भएको भेटको याद छ । हामीबीच धेरै राम्रो कुराकानी भएको थियो,’ उनले भारतीय प्रधानमन्त्री मोदीसँग भने, ‘हामीले टेलिफोनमा पनि कयौँपल्ट कुरा गरेका छौँ । कजान आउने आमन्त्रण स्वीकार गर्नुभयो, आभारी छु ।’

मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएपछि गत जुलाई ८ मा पहिलोपल्ट रुस गएका थिए । यसपल्ट उनी १६ औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन पुटिनको निमन्त्रणमा रूस गएका हुन् ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ६ : ३४ बजे

पानी पर्न रोकिए आइतबारदेखि नै लाइसेन्स छापिने

काठमाडौं- वि.स. २०८१ मा सुरक्षण मुद्रणसम्बन्धी ऐन लागू भएपछि सरकारले सरकारी

भारत–नेपाली स्टार्टअप नेटवर्क सुरु, नेपाली उद्यमीका लागि नयाँ अवसर

काठमाडौ‌– भारत र नेपालका स्टार्टअपबीचको सहकार्य सुदृढ गर्न नयाँ सीमापार

वर्षाका कारण किसानलाई धान भित्र्याउन समस्या

म्याग्दी– खेतमा पाकेको धान भित्र्याउने समयमा भएको वर्षातका कारण म्याग्दीका

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर