खानेपानी मन्त्रीको सयदिने सफलता- अवरोधबीच मेलम्चीको पानी काठमाडौं ल्याएँ « Khabarhub

खानेपानी मन्त्रीको सयदिने सफलता- अवरोधबीच मेलम्चीको पानी काठमाडौं ल्याएँ


६ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आफ्नो सयदिने कार्यकालमा मेलम्चीको पानी उपत्यकामा ल्याउन सफल भएको दाबी खानेपानी मन्त्री प्रदीप यादवले गरेका छन् ।

खानेपानी मन्त्रालय सम्हालेको एक सय दिन पुगेको अवसरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री यादवले विभिन्न अवरोधबीच मेलम्चीको पानी ल्याउन सफल भएको बताए ।

केही समयअगाडि वर्षापछि आएको बाढी पहिरोले तहसनहस हुदाँ पनि विचलित नभई काम गरेको उनले जिकिर गरे ।

स्वच्छ खानेपानी वितरणका लागि जिल्ला जिल्लामा आयोजना निर्माण भइरहेको उनले जानकारी दिए ।

खानेपानीको समान पहुँच र वितरणका लागि स्रोत सुनिश्चित गर्न अर्थमन्त्रालयमा पठाइएको पनि उनले बताए । आफूसँग भएको स्रोत साधन प्रभावकारी रुपमा परिचालन गरेको पनि यादवले बताए ।

बाढीले क्षति पुर्‍याएको खानेपानीको पाइपलाइनमर्मत सम्भार, अनुगमन प्रतिकार्यमा डटेर लागेको उनले बताए ।

स्रोत समिति प्राप्त गरेका दुईवटा ठेक्का सम्झौता गरी निमार्णको चरणमा पुगेको बताउँदै उनले मेलम्चीको पानी १४ वटा इलाकाबाट सञ्चालन गरी २५ हजार धारामा वितरण गरिएको बताए ।

काठमाडौं क्षेत्रको ठमेल क्षेत्रपाटी, नरदेवी, अनामनगरमा थप ३४.९९ किलोमिटरको कार्यगत परीक्षण गरेर नियमित सञ्चालनका लागि पूर्वधारा तयार गरिएको उनले बताए ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार  ६ : ३७ बजे

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

काठमाडौं– सरकारले ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम देशभरिका एक हजार

प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदन : जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी

काठमाडौं– निर्वाचन पर्यवेक्षण समिति (इओसी) नेपालले गत फागुन २१ गते सम्पन्न

सभापतिको प्रस्तावक प्रधानमन्त्री स्वयं भएपछि गुट उपगुटको चर्चा सकियो : प्रधानमन्त्रीका सल्लाहकार साह 

काठमाडौं– रास्वपाका नेता तथा प्रधानमन्त्रीका सल्लाहकार असिम साहले पार्टीमा कुनै

फ्लपको ताजा पीडामा रहेका जितुको अर्को फिल्म २ महिनालाई धकेलियो

काठमाडौं – जितु नेपाल ‘मुन्द्रे’ले निर्माण र अभिनय गरेको ‘आई

कक्षा १२ को नतिजा विवाद : माइतीघर मण्डलमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी

काठमाडौं- कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले बिहीबार काठमाडौंको