सत्तारुढ दलको निष्कर्ष- रवि प्रकरणमा रास्वपाले सडकबाट अदालतलाई धम्क्यायो « Khabarhub

सत्तारुढ दलको निष्कर्ष- रवि प्रकरणमा रास्वपाले सडकबाट अदालतलाई धम्क्यायो


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


819
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्ता साझेदार दलहरूले सडकमा भीड जम्मा गरेर सहकारी ठगी प्रकरणको छानबिन प्रक्रियालाई प्रभावित गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गतिविधि लोकतान्त्रिक दृष्टिकोणले उचित नभएको निष्कर्ष निकालेका छन् ।

सरकार गठनको सय दिन पूरा भएको अवसरमा बुधबार प्रधनमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरूको बैठकले सभापति रवि लामिछाने पक्राउको विरोधमा रास्वपाले पोखरामा गरिरहेको आन्दोलन उचित नभएको निष्कर्ष निकालेको हो ।

‘स्वाभाविक रुपमा छानबिन र न्यायिक निरुपणको आफ्नो विधि र प्रक्रिया हुन्छ । त्यसअर्थमा छानबिन प्रक्रिया अगाडि बढिरहेका बेला सडकमा भीड जम्मा अदालतलाई प्रभावित गर्ने हिसाबले गतिविधि गर्ने कुरा लोकतान्त्रिक दृष्टिकोणले उचित कुरा होइन,’ बैठकमा सहभागी नेकपा एमालेका महासचिव शंकर पोखरेलले भने ।

उनले संसद्ले नै छानबिनका लागि निर्देशन दिएको अवस्थामा सहकारी ठगी प्रकरणको प्रक्रिया अगाडि बढेको विषयलाई रास्वपाले सहज रूपमा लिनुपर्ने पनि बताए ।

‘फौजदारी अभियोगमा छानबिन चलिरहेका बेला सडकबाट छानबिनको प्रक्रियालाई प्रभावित गर्ने कुरा उचित होइन,’ पोखरेलले भने, ‘संसद्ले नै छानबिनका लागि निर्देशन दिएको अवस्थामा छानबिनका लागि प्रक्रिया अगाडि बढेको कुरालाई सहज रूपमा लिनुपर्दछ ।’

उनले रास्वपा सभापति लामिछाने पक्राउ प्रकरणलाई लिएर फौजदारी अभियोगको छानबिन भइरहँदा सडकबाट अदालतलाई धम्क्याउने कुरा स्वीकार्य नहुने पनि बताए।

 

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  १२ : २२ बजे

इयुमा पेट्रोल-डिजेल गाडी प्रतिबन्धबारे सदस्य राष्ट्रहरू विभाजित

एजेन्सी– युरोपको अटो उद्योग र त्यसका समर्थकहरू सन् २०३५ देखि

टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै

काठमाडौं–  काठमाडौंको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी

निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

समावेशी नीति कार्यान्वयनको चुनौतीबारे छलफल

काठमाडौं– अपाङ्गता भएका व्यक्तिको नीतिसहित यातायात, भौतिक पूर्वाधार तथा संरचनालगायत

सुदूरपश्चिमको विजयी यात्रा रोकियो, ओपनरद्वयले अर्धशतक हानेपछि विराटनगरको शानदार जित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो सिजनमा सुदूरपश्चिम रोयल्सको विजयी