‘राष्ट्रसङ्घ समर्थित सैन्य मिसनको बावजुद हाइटीमा हिंसा तीव्र’ « Khabarhub

‘राष्ट्रसङ्घ समर्थित सैन्य मिसनको बावजुद हाइटीमा हिंसा तीव्र’


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

एजेन्सीसङ्घर्षरत क्यारेबियन देशको प्रहरीलाई समर्थन गर्न बहुराष्ट्रिय सैन्य बल तैनाथ गरिएको भएतापनि हाइटीमा गिरोह हिंसा बढिरहेको संयुक्त राष्ट्रसङ्घका एक शीर्ष अधिकारीले बताएका छन् । 

हाइटीका लागि संयुक्त राष्ट्रसङ्घका महासचिवका विशेष प्रतिनिधि मारिया इसाबेल साल्भाडोरले सुरक्षा परिषद्मा भने, ‘हाइटीको सुरक्षा अवस्था अत्यन्त नाजुक छ, हिंसा तीव्र रुपमा फैलिरहेका छन् ।’

मध्य सहर पोर्ट सोन्डेमा भएको गिरोहको आक्रमणमा ११५  जना सर्वसाधारण मारिएको र दर्जनौँ घाइते भएको केही हप्तापछि उनको यस्तो अभिव्यक्ति आएको हो ।  

साल्भाडोरले उक्त भयानक र क्रूर घटनालाई उद्धृत गर्दै राजधानी पोर्ट–आउ–प्रिन्समा भएको अन्य आक्रमणको श्रृङ्खला साथै महिला र युवती विरुद्ध बढ्दो यौन हिंसाबारे पनि उल्लेख गरे।  

‘हाइटीमा मानवीय अवस्था भयावह छ’ उनले भने, ‘देशभर आपराधिक गिरोह गतिविधिले फैलाएको आतङ्क र त्रासले हाइटीवासीले पीडा भोग्नुपरेको छ ।’ 

गर्मीको समयमा तैनाथ हुन थालेको हाइटी प्रहरीलाई सहयोग गर्न संयुक्त राष्ट्र समर्थित बहुराष्ट्रिय सैन्य मिसनको उपस्थितिका बावजुद हिंसा तीव्र भईरहेको छ ।

हाइटी प्रहरीले राजधानीका धेरै जिल्लामा गिरोह विरोधी अभियानहरू सुरु गरेको तर अझै पनि कर्मचारीलगायत अन्य स्रोतको अभावका कारण यी क्षेत्रमा नियन्त्रण कायम राख्न चुनौतीहरूको सामना गरिरहेको संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेसले हालैको एक प्रतिवेदनमा बताएका थिए । 

संयुक्त राष्ट्रसङ्घ विशेषगरी गिरोहको सिकार हुने बालबालिकाहरूका बारेमा चिन्तित छ । 

 

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ३ : २७ बजे

जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने

एजेन्सी– जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क तीन

मधेसमा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व संकलन

जनकपुरधाम– मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनामा ३०

हेलम्बु हिमालयन ग्रेट ट्रेलमा पर्यटक (तस्बिरहरू)  

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा निर्माण भइरहेको ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’

रोजगारी मेलाबाट झापामा दुई सय ८५ जनाले पाए जागिर

सुरुङ्गा– अर्जुनधारा नगरपालिका र बिर्तामोड नगरपालिकाले सञ्चालन गरेका रोजगारी मेलाबाट

युद्धविरामका बीच लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी– लेबनानको दक्षिणी क्षेत्रमा शनिबार भएको ताजा इजरायली आक्रमणमा पाँच