‘माओवादीले सुशासनको रेकर्ड राख्यो, कसैले मेटाउन सक्दैन’ « Khabarhub

‘माओवादीले सुशासनको रेकर्ड राख्यो, कसैले मेटाउन सक्दैन’


१० कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले नेतृत्व गरेको सरकारले नेपालमा सुशासनको सवालमा ऐतिहासिक रेकर्ड बनाएको उल्लेख गर्दै यसलाई कसैले मेटाउन नसक्ने दाबी गरेका छन्‌ ।

माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै दाहालले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा थालेको अभियानले नेपालकै लागि पहिलो रेकर्ड बनाएको बताए । ।

नक्कली भूटानी शरणार्थी प्रकरणका अभियुक्त पक्राउ गरेपछि अत्तालिएर सरकार ढालिएको तर्क गर्दै दाहालले अहिलेको सरकार भ्रष्टाचारीलाई बचाउनकै लागि बनेको बताए ।

उनले चार दिनको तयारीले गरेको खबरदारी सभाले सरकार तर्सेको उल्लेख गर्दै भोलि ठूलै विरोध सभाको तयारी गरे सरकारको हालत के होला भनेर प्रश्न गरे । प्रचण्डले आफूहरूले जनताका मुद्दालाई ज्ञापनपत्रको रुपमा प्रस्तुत गरेको उल्लेख गर्दै त्यसलाई गम्भीरतापूर्वक नलिए आन्दोलन चर्किंदै जाने पनि बताए ।

बाढीपहिरो पीडितलाई राहत, उद्धार र पुनःस्थापना गर्ने तथा आफूहरूले थालेको सुशासनको अभियान, ऊर्जा क्षेत्रमा गरेको क्रान्ति, शैक्षिक क्षेत्रमा लागु गरेको मेरिटोक्रेसी आदि कामलाई सरकारले अगाडि नबढाए आन्दोलन अघि बढाउने चेतावनी पनि दाहालले दिएका छन्‌ ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ३ : ५० बजे

विश्वकपमा विवादित बनेको ‘हाइड्रेशन ब्रेक’ हटाउने तयारीमा फिफा

न्युयोर्क – विश्वकप फुटबलमा पहिलो पटक प्रयोगमा ल्याइएको ‘हाइड्रेशन ब्रेक’

विश्वकप फाइनल: नेतान्याहुले गरे अर्जेन्टिनालाई समर्थन

जेरुसेलम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले फिफा विश्वकपको फाइनल खेलमा

विश्वकप फाइनल: अर्जेन्टिनालाई हराउन ल्याटिन अमेरिकी देश एकजुट, स्पेनलाई समर्थन

काठमाडौँ – फिफा विश्वकपको फाइनल खेल नजिकिँदै गर्दा ल्याटिन अमेरिकी

शुक्लाफाँटामा रास्वपाको ‘जनसंवाद यात्रा’

महेन्द्रनगर– नागरिकका समस्या, विकास निर्माण र गुनासा सुन्न राष्ट्रिय स्वतन्त्र

आँखा अस्पतालमा बिरामी बढे

जनकपुरधाम– तापक्रम वृद्धिभएसँगै जनकपुरधामस्थित जानकी आँखा अस्पतालमा बिरामीको सङ्ख्या बढेको