‘माओवादीले सुशासनको रेकर्ड राख्यो, कसैले मेटाउन सक्दैन’ « Khabarhub

‘माओवादीले सुशासनको रेकर्ड राख्यो, कसैले मेटाउन सक्दैन’


१० कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले नेतृत्व गरेको सरकारले नेपालमा सुशासनको सवालमा ऐतिहासिक रेकर्ड बनाएको उल्लेख गर्दै यसलाई कसैले मेटाउन नसक्ने दाबी गरेका छन्‌ ।

माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै दाहालले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा थालेको अभियानले नेपालकै लागि पहिलो रेकर्ड बनाएको बताए । ।

नक्कली भूटानी शरणार्थी प्रकरणका अभियुक्त पक्राउ गरेपछि अत्तालिएर सरकार ढालिएको तर्क गर्दै दाहालले अहिलेको सरकार भ्रष्टाचारीलाई बचाउनकै लागि बनेको बताए ।

उनले चार दिनको तयारीले गरेको खबरदारी सभाले सरकार तर्सेको उल्लेख गर्दै भोलि ठूलै विरोध सभाको तयारी गरे सरकारको हालत के होला भनेर प्रश्न गरे । प्रचण्डले आफूहरूले जनताका मुद्दालाई ज्ञापनपत्रको रुपमा प्रस्तुत गरेको उल्लेख गर्दै त्यसलाई गम्भीरतापूर्वक नलिए आन्दोलन चर्किंदै जाने पनि बताए ।

बाढीपहिरो पीडितलाई राहत, उद्धार र पुनःस्थापना गर्ने तथा आफूहरूले थालेको सुशासनको अभियान, ऊर्जा क्षेत्रमा गरेको क्रान्ति, शैक्षिक क्षेत्रमा लागु गरेको मेरिटोक्रेसी आदि कामलाई सरकारले अगाडि नबढाए आन्दोलन अघि बढाउने चेतावनी पनि दाहालले दिएका छन्‌ ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ३ : ५० बजे

नेपाली चेपाङ विद्यार्थीहरूले बनाएको उपग्रह चीनबाट सफल प्रक्षेपण

बेइजिङ– नेपालका चेपाङ विद्यार्थीहरूले बनाएको स्लिपर्स टु स्याट स्याटेलाइट बुधबार

जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

लालबहादुर थापा एमाले सचिवमा उठ्ने, भन्छन्: ओलीको नेतृत्वमा देशलाई अघि बढाउँछौँ

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले ११ औँ

एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको उद्घाटनस्थल

आईजीपी कार्कीलाई पनि बयानका लागि जाँचबुझ आयोगले बोलायो

काठमाडौँ– भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न बनेको