‘सरकार बनेकै दिनदेखि विरोध थालियो, कसैले ढल्ने सपना नदेखे हुन्छ’ « Khabarhub

‘सरकार बनेकै दिनदेखि विरोध थालियो, कसैले ढल्ने सपना नदेखे हुन्छ’


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले गत असारमा नेपाली कांग्रेससहितको सरकार बनेकै दिनदेखि विरोध सुरु भएको बताएका छन् ।

सिंहदरबाबाट सरकारको सय दिनको उलपब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

‘सरकार बनेकै दिनदेखि विरोध सुरु भयो । देशमा साम्प्रदायिकता भड्काउन खोजिएको थियो । कांग्रेस र एमाले मिलेर सरकार बनाएपछि त्यसलाई रोकिएको छ’, उनले भने, ‘केही तत्वहरू उद्योग-कलकारखाना बन्द गर्न खोज्दै दिए । देशलाई प्रतिगमनतिर लान खोजिएको थियो । साम्प्रदायिक विद्वेष र विखण्डन गरेर देशलाई प्रतिगमनतिर लैजाने कोसिस भएको छ ।’

उनले तर सरकारलाई प्रतिगमन स्वीकार्य नहुने पनि बताएका छन् । ‘साम्प्रदायिक विद्वेष र घृणा होइन, सामाजिक एकता र न्याय कायम गर्ने पक्षमा सरकार छ’, उनले भने, ‘सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि बिहानै ढल्छ भन्ने अफवाह फैल्याइएको छ । यो काम गर्न नदिने उद्धेश्यले चलाइएको हल्ला हो ।
सरकार ढल्छ भनेर कसैले दिवास्वप्न नदेखे हुन्छ । यो लक्ष्यमा पुगेर छाड्छ ।’

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ३ : ४० बजे

पिएजी र न्युक्यासल च्याम्पियन्स लिगको प्लेअफमा

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पिएसजी) र न्युक्यासल युनाइटेड दुवै

सर्वत्र पाका उम्मेदवारको रजगज

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नेपाली

पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’

पाल्पा– जिल्ला सुरक्षा समिति पाल्पाले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको

पञ्चैबाजा समूहबाट लोकबाजा घर स्थापना

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिममा नौमती बाजाघर निर्माण भएको छ

राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका विभिन्न दुईवटा समितिका बैठक