शीतल निवास पुग्यो रवि पक्राउ प्रकरण, राष्ट्रपतिसँग प्रचण्डले भने- सरकारले प्रतिशोध साँध्यो « Khabarhub

शीतल निवास पुग्यो रवि पक्राउ प्रकरण, राष्ट्रपतिसँग प्रचण्डले भने- सरकारले प्रतिशोध साँध्यो


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारीको करोडौं रुपैयाँ बचत हिनामिना प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबारे राष्ट्रपति कार्यालय शीतल निवासमा कुरा उठेको छ।

बुधबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा पुगेका प्रतिपक्षी दलका नेताहरूले रविलाई पक्राउ गरेर केपी शर्मा ‌ओली नेतृत्वको वर्तमान सरकारले प्रतिशोध साँध्ने काम गरेको बताए ।

‘रवि लामिछाने पक्राउ परेपछि सहकारी ठगीमै मुछिएका सत्ता पक्षीय नेतालाई चाहिँ किन समातिएन ?’, प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफल सुरु गर्दै भने, ‘यसमा सरकारले प्रष्टसँग प्रतिशोध गरेको देखायो ।’

दाहालसहितका सबै प्रतिपक्षी नेताहरूले रविलाई समातेको अवस्थामा संसदीय छानबिन समितिले पनि उस्तै दोषी देखाएका कांग्रेस र एमालेका नेतालाई भने सरकारले जोगाउने काम गरेको बताएका थिए ।

उनीहरूको यो भनाइ कांग्रेस उपसभापति धनराज गुरुङसहितका नेताहरूतिर लक्षित थियो । सरकारले धनराजकी तत्कालीन पत्नी ज्योति गुरुङविरुद्ध रेड नोटिस जारी गरिसकेको छ । तर ललितपुरको महालक्ष्मीस्थानस्थित एक सहकारीबाट करिब करोड ऋण लिएर शंकास्पद रुपमा फिर्ता गरेको आरोप लागिरहेका धनराजमाथि छानबिन नभएकोमा प्रतिपक्षी आक्रोशित छन् ।

उक्त भेटघाटका क्रममा प्रतिपक्षी नेताहरूले जिल्ला अदालत कास्कीअगाडि रास्वपा सभापति लामिछानेलाई मिडियामा बोल्न दिएको विषयमा त्यहाँका अनुसन्धान अधिकृत परिवर्तन गर्न खोजिएको कुरा पनि उठाएका छन् ।

उनीहरूले अनुसन्धान प्रभावित गर्ने गरी प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक नै फेर्ने अभ्यासमा सरकार लागेको भन्दै त्यसमा राष्ट्रपतिले चासो दिनुपर्ने बताएका थिए ।

जवाफमा पौडेलले अनुसन्धान अधिकृत सरुवाको विषयमा आफूलाई थाहा नभएको बताएका थिए । ‘यसबारेमा मलाई थाहा छैन, म बुझ्छु’, उनले भने, ‘सहकारी प्रकरणमा रविसँगै सत्ता पक्षका नेताहरूमाथि पनि छानबिन भइरहेको बुझिएको छ । यो हामीले हतार गर्ने विषय होइन । प्रहरीले आफ्नो ढंगले काम गरिरहेको छ । केही समय हामीले धैर्य गर्नु जरुरी छ ।’

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ६ : २१ बजे

न्युजिल्यान्डको सुरुवाती अग्रता उल्टाउँदै समूह ‘जी’ को शीर्षस्थानमा उक्लियो इजिप्ट

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को रोमाञ्चक

लुम्बिनी प्रदेशसभा बैठकमा आजदेखि बजेटमाथि छलफल हुने

लुम्बिनी– लुम्बिनी प्रदेशसभा बैठक आज बस्दैछ । आजदेखि आर्थिक वर्ष

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

काठमाडौँ– नेपाली कांग्रेसका पुराना नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलको निधन

मधेस प्रदेशमा गहुँ उत्पादनमा कमी

जनकपुरधाम– गहुँ उत्पादनका लागि उर्वर र अग्रणी मानिएको मधेस प्रदेशमा

कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

सुनसरी– कोशीटप्पु वन्यजन्तु आरक्षमा आर्थिक वर्ष २०८२–८३ मा जेठ महिनासम्म