सय दिने उपलब्धि सुनाउँदा ओलीले बिर्सिए संविधान संशोधनको एजेन्डा « Khabarhub

सय दिने उपलब्धि सुनाउँदा ओलीले बिर्सिए संविधान संशोधनको एजेन्डा


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली सरकार गठनका सुरुवाती दिनहरूमा सत्ता पक्षीयले निकै नै प्रचार गरेको ‘संविधान संशोधन’ को एजेन्डा भुलेका छन् ।

सरकार गठनको सय दिन पूरा भएको अवसरमा बुधबार राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा उनले ‘संविधान संशोधन’ मा विषय प्रवेश नै गरेनन् ।

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकार ढाल्नका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष ओलीबीच गत असार १७ गते मध्यरातमा सात बुँदे सहमति भएको थियो ।

देउवा–ओली सात बुँदे सहमतिको दुई नम्बर बुँदालाई कांग्रेस–एमालेले वर्तमान सरकार गठनका समयमा निकै प्रचार गरेका थिए ।

उक्त बुँदामा ‘राष्ट्रिय सहमतिको सरकारले संविधान प्रारम्भ भएपश्चात अभ्यासमा रहेका, देखापरेका सबल पक्ष र दुर्बल पक्ष तथा जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वको लागि संविधानमा आवश्यक संशोधन र तदनुकुलको कानून निर्माण गर्ने विषयलाई प्राथमिकता दिने’ उल्लेख थियो ।

तर, सरकारका सय दिने प्रगति सुनाउने क्रममा प्रधानमन्त्री ओली संविधान संशोधनको एजेन्डामा मौन बसेका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ६ : ३० बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले