प्रदेश सरकारले पुनः निर्माण कोषमा ४० करोड जम्मा गर्ने « Khabarhub

प्रदेश सरकारले पुनः निर्माण कोषमा ४० करोड जम्मा गर्ने


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

विराटनगर – कोशी प्रदेश सरकारले पुनःनिर्माण कोषमा रु ४० करोड जम्मा गर्ने भएको छ ।

गत असोज ११, १२ र १३ गतेको अविरल वर्षाका कारण भएको क्षतिको पुनःनिर्माण र मर्मतसम्भार गर्न उक्त कोषमा सो रकम जम्मा गर्ने निर्णय गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले जानकारी दिए ।

कोशी प्रदेश सरकारले यो कोषमा मन्त्रीहरुको १० दिनको तलब जम्मा गर्ने, सांसदहरुलाई सम्बन्धित दलमार्फत सहयोगको आग्रह गर्ने र कर्मचारी तथा अन्य सरोकारवालाहरुलाई सहयोगको आह्वान गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।

बाढीपहिरोका कारण कोशी प्रदेशमा सडक, पुल, सिँचाइ, भवन, विद्यालय गरेर रु चार अर्ब बढीको क्षति भएको छ । क्षतिग्रस्त संरचनालाई दीर्घकालीन र तत्काल दुई वर्गमा वर्गीकरण गरी पुनःनिर्माण र मर्मतसम्भार गर्ने सरकारको तयारी छ ।

त्यस्तै प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रमलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश सिँचाइ नियमावली र सार्वजनिक खर्चको मापदण्ड र मितव्ययीतासम्बन्धी दोस्रो संशोधन निर्देशिका स्वीकृत गर्ने निर्णयसमेत गरेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ९ : ३९ बजे

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि

प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको एक करोड एक लाख सहयोग

काठमाडौं- प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालले एक

एट्लान्टिकको जोखिमपूर्ण यात्रामा अलपत्र एक हजारभन्दा बढी आप्रवासीको उद्धार

एजेन्सी– युरोप पुग्ने प्रयासमा एट्लान्टिक महासागरको जोखिमपूर्ण मार्ग हुँदै यात्रा

मिराज भन्छन् : यो सरकारलाई केही समय कुर्छौँ, नभए थर्ड पोलको तयारीमा लाग्छौँ

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले वालेन्द्र शाह नेतृत्वको वर्तमान