आन्तरिक पर्यटकको रोजाइमा ढोरपाटन शिकार आरक्ष « Khabarhub

आन्तरिक पर्यटकको रोजाइमा ढोरपाटन शिकार आरक्ष


८ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

म्याग्दीपूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षमा आउने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । 

घुमघामका लागि अनुकुल शरदयाममा दशैँ, तिहार, छठ लगायत चाडपर्वको लामो बिदा पारेर शिक्षक, विद्यार्थी, कर्मचारी, आमा समूह, युवा क्लबको टोली बनाएर ढोरपाटन घुम्न आएका हुन् । 

चालु आर्थिक वर्षको साउनदेखि असोज महिनासम्म पाँच हजार दुई सय चार जना पर्यटकले ढोरपाटन भ्रमण गरेका शिकार आरक्षका रेञ्जर सागर सुवेदीले जानकारी दिए। साउनमा पाँच सय १८, भदौमा तीन हजार ३२ र असोजमा नौ जना विदेशी सहित एक हजार छ सय ५४ जना पर्यटक आएका उनले बताए। 

आर्थिक वर्ष २०८०-८१ मा १५ हजार पाँच सय ७३ जनाले भ्रमण गरेको ढोरपाटनमा पर्यापर्यटन शीर्षकमा १९ लाख ३३ हजार सात सय राजस्व संकलन भएको थियो । २०७९-८० मा सात हजार छ सय ४५ जना पर्यटक आएका थिए । 

ढोरपाटन उपत्यकाको प्रवेशबिन्दु देउरालीमा आरक्ष र नेपाली सेनाको पोष्टमा पर्यटकहरूको विवरण राख्ने र शुल्क लिने गरिन्छ । ढोरपाटन घुम्न नेपालीले प्रतिव्यक्ति एक सय, सार्क राष्ट्रकाले प्रतिव्यक्ति एक हजार पाँच सय र अन्य देशकाले तीन हजारका दरले शुल्क तिर्नुपर्छ । 

दशैँ बिदाको अवसर पारेर फराकिलो फाट, बुकी, गाईभैंसी, भेडा, घोडाको गोठ, वन्यजन्तु, पंक्षी, वनजंगलको दृष्य अवलोकन गर्न साथीहरुसँगै ढोरपाटन घुमेर आएको बेनी नगरपालिका–१० पात्लेखेतको दीपक माविका प्रधानाध्यपक विष्णुप्रसाद ढुंगानाले बताए । 

एक हजार तीन सय २५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन शिकार आरक्षले पुर्वी रुकुमको ६०, बागलुङको २६ र म्याग्दीको १४ प्रतिशत भूगोल ओगटेको छ । ढोरपाटनमा रहेका २१ वटा होटल र होमस्टेमा दैनिक तीन सय जना बास बस्न सक्ने क्षमता छ । 

सडक यातायात, होटल तथा घरवास सुविधा, सञ्चार माध्यम र सामाजिक सञ्जालका कारण बुकी फुलेको हेर्न, फोटो, भिडियो खिचेर सामाजिक सञ्जालमा राख्न र प्रकृतिमा रमाउन दैनिकजसो पर्यटक आउने गरेका ढोरपाटन सामुदायिक होमस्टेका सञ्चालक रामबहादुर घर्तिमगरले बताए। 

गतअसोज  र यही कात्तिकको यामका लागि १२ नाउर, आठ झारल र ११ बँदेलको सिकारका लागि अनुमति दिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । चार कम्पनीमार्फत १२ विदेशी सिकारीले सिकारको अनुमति लिएका छन् । 

सिकारका लागि अनुमति दिएका नाउर, झारल र बँदेलको गरी कूल एक करोड ४५ लाख ९२ हजार चार सय राजस्व आम्दानी भएको छ । विदेशी सिकारी टोली आरक्षमा आइसकेका छन् । 

आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिवाङ, घुस्तुङ ब्लगमा विभाजन गरी शिकार खेल्न दिने व्यवस्था मिलाइएको छ । यहाँ ३२ प्रजातिका स्तनधारी वन्यजन्तु र १३७ प्रजातिका पंक्षीहरु छन् । 

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार  १ : ०० बजे

नीति तथा कार्यक्रममा विज्ञान प्रविधि नसमेटिएको भन्दै सरकारमाथि महावीर पुनको रिस

काठमाडौँ । प्रतिनिधिसभाका एक्ला स्वतन्त्र सांसद महावीर पुनले सरकारको नीति

संवैधानिक इजलासमा न्यायाधीशहरूको कित्ताकाट

काठमाडौँ । निजामती कर्मचारी ट्रेड युनियन बन्द गर्ने सरकारको निर्णयमाथि

राष्ट्रपतिले नीति कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बाहिरिएको घटनामा कांग्रेसको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसले संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपतिबाट सरकारको

विद्यार्थीलाई बधाई दिँदै शिक्षामन्त्रीले व्यक्त गरे एक महिनामै नतिजा सफल बनाउने शिक्षकप्रति आभार

काठमाडौँ । शिक्षामन्त्री सस्मित पोखरेलले एसईई परीक्षामा सफल सबै विद्यार्थीलाई

एसईई नतिजा : कुन प्रदेशका कति विद्यार्थी ननग्रेड ?

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा मधेश प्रदेशका ३१ हजार