दुई ठूला छिमेकबीचको नेपालले कसैलाई शत्रु मान्दैन : प्रधानमन्त्री « Khabarhub

दुई ठूला छिमेकबीचको नेपालले कसैलाई शत्रु मान्दैन : प्रधानमन्त्री


८ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  प्रधानमन्त्री केपी ओलीले जलवायु अनुकूलन र दिगोपनालाई प्राथमिकतासहित विश्वव्यापी साझेदारीमा नेपालले भूमिका खेल्ने बताएका छन् ।

संयुक्त राष्ट्रसंघ स्थापना दिवस (यूएन–डे)का अवसरमा बिहीबार सैनिक मुख्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वमा जलवायु अनुकूलन र दिगोपनालाई प्राथमिकता दिँदै विश्वव्यापी साझेदारीसँग सहकार्य गर्न नेपाल तयार रहेको बताए ।

उनले विश्वभरको अस्थिर र अस्पष्ट अवस्थामा नेपाल राष्ट्रसंघका सिद्धान्तप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको जिकिर गरे ।

प्रधानमन्त्री ओलीले शान्ति, सुरक्षा, दिगो विकास, र वातावरण संरक्षण प्रवर्द्धन गर्न विश्वव्यापी प्रयासलाई समर्थन गर्न जारी राख्ने स्पष्ट पारे ।

उनले नेपालको परराष्ट्र नीतिको एक अंगको रूपमा, सधैं शान्तिपूर्ण सह-अस्तित्व, सार्वभौमसत्ताका लागि पारस्परिक सम्मान र अहस्तक्षेपका सिद्धान्त पालना भइरहेको अवगत गराए ।

दुई ठूला छिमेकीहरूको बीचमा रहेको नेपालले सबैसँग मित्रता र कसैसँग शत्रुताको नीति कायम राख्ने स्थितिमा रहेको पनि ओलीले बताए ।

त्यस्तै प्रधानसेनापति अशोकराज सिग्देलले शान्ति शान्तिकार्यमा खटिएका नेपाली सैनिकले चुनौतीलाई स्वीकार्दै जस्तोसुकै जिम्मेवारी लिँदै आएको बताए । भविष्यमा पनि आफ्नो जिम्मेवारी निर्वाहका लागि तयार रहेको उनले बताए ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार  १ : ५३ बजे

बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

तनहुँ – बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ

बुद्ध एयरका यात्रु अर्जुनधाराका मेयर भन्छन् : दुई जना भाइहरूले ढोका फुटाए, हाम्फालेर बाँच्यौँ

काठमाडौँ । शुक्रबार साँझ काठमाडौँबाट भद्रपुर झापा उडान भरेको बुद्ध

नगेन्द्र न्यौपानेको ‘दरबारको कानुन’ उपन्यास लोकार्पण

काठमाडौं । उपन्यासकार नगेन्द्र न्यौपानेको उपन्यास ‘दरबारको कानुन’ लोकार्पण गरिएको

बुद्धको अर्काे जहाज टेक्निकल टिम लिएर गयो झापा

काठमाडौँ – झापाको भद्रपुर विमानस्थलमा दुर्घटनाग्रस्त जहाजबारे अध्ययन गर्नका लागि

असहाय ज्येष्ठ नागरिक र एकल महिलालाई सिरक वितरण

सिरहा – सिरहाको लहान नगरपालिकाले चिसो मौसमलाई मध्यनजर गर्दै ४५