हिरासतमा रविको बास लम्बिएपछि रास्वपा कार्यकर्ता आक्रोशित, निषेधित क्षेत्र तोड्न खोजे « Khabarhub

हिरासतमा रविको बास लम्बिएपछि रास्वपा कार्यकर्ता आक्रोशित, निषेधित क्षेत्र तोड्न खोजे


८ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


804
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएपछि कार्यकर्ता आक्रोशित भएका छन् ।

बिहीबार कास्की जिल्ला अदालतले लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै कार्यकर्ताको आक्रोश बढेको हो ।

अदालतले सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीलाई पनि थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएसँगै पोखरामा जम्भा भएका रास्वपा नेता तथा कार्यकर्ता आक्रोशित भएका छन् ।

अदालतको आदेश सुनेपछि उनीहरूले निषेधित क्षेत्रसमेत तोड्न खोजेका थिए । लामिछानेलाई अदालत पेश गर्दा रास्वपा समर्थकले धर्नासहितको प्रदर्शन गरेका थिए ।

पोखरामा सहकारी पीडितहरूको पनि प्रदर्शन जारी छ । उनीहरूले थालमा ढुंगा राखेर रास्वपा र रवि लामिछानेविरुद्ध प्रदर्शन गरे ।

 

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार  ३ : ५१ बजे

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार

‘राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै