गणतन्त्र संस्थागत हुन सकेन, उपलब्धिहरू उल्टिन सक्छन् : विप्लव « Khabarhub

गणतन्त्र संस्थागत हुन सकेन, उपलब्धिहरू उल्टिन सक्छन् : विप्लव


८ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

दाङ– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव ‘सी’ले अस्थायी र अस्थिर रङ्गमञ्चको राजनीतिले मुलुक नफेरिने बताएका छन् ।

नेपाली राजनीति अस्थिरतातर्फ धकेल्न अन्तर्राष्ट्रिय प्रयास बढ्दै गएको बताउँदै विप्लवले त्यसको सशक्त प्रतिवाद जरुरी रहेको बताए ।

नेकपा दाङले देउखुरीमा बिहीबार गरेको सर्वपक्षीय अन्तरक्रिया तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले दलहरूले जनताको भावना समेट्न नसक्दा मुलुक अस्थिरतातर्फ धकेलिने खतरा बढेको बताए ।

संसदवादी दलहरू असफल र बदनाम हुदै जाँदा जनतामा निराशा बढेको बताउँदै विप्लवले यसको समाधान समाजवादी व्यवस्थाबाट मात्रै हुने दाबी गरे ।

विप्लवले राज्य संयन्त्रको नेतृत्व नै भ्रष्टाचारको केन्द्र भएको बताए । राज्य संयन्त्रको भूमिकामा रहेकाहरू दिनप्रतिदिन भ्रष्टाचार र अनियमिततामा संलग्न हुँदै गएको उनको भनाइ छ ।

लोकतान्त्रिक गणतन्त्रले केही उपलब्धि दिए पनि त्यसलाई संस्थागत गर्न संसदीय दलहरू असफल भएको बताउँदै उनले उपलब्धि उल्टाउने प्रयास गरिएको दाबी गरेका छन् ।

क्रान्तिकारी र समाजवादी आन्दोलनले मात्रै राष्ट्रिय समस्या समाधान दिने भन्दै अस्थिर र अस्थायी रङ्गमञ्चबाट मुलुकले निकास नपाउने पनि उनको भनाइ थियो ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार  ४ : ५१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै